मंसिर १३ गते बस्ने गरी सकियो नेकपा सचिवालय बैठक

मंसिर ३, काठमाडौं ।

सत्तारुढ नेकपाको सचिवालय बैठक मंसिर १३ गते फेरी बस्ने गरी सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो एक बजेपछि करिव पौने दुई घण्टा बसेको सचिवालय बैठक पुनः बस्ने गरी सकिएको हो ।

बैठकमा पार्टीका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालसहित सचिवालयका नौ जना सदस्य सहभागी हुनु भएको थियो । यसअघि प्रधानमन्त्री ओलीले बुधबार दिउँसो एक बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक दुई बजेलाई सारेपछि सचिवालय बैठक एक बजे बसेको हो । त्यसअघि विभिन्न सञ्चारमाध्यमले ओली बैठकमा सहभागी नहुने भन्दै अफवाह फैलाईरहेका थिए । – जनता टाइम्सबाट

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 65

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर