पालिकाले गर्यो खेलाडिको बिदाई

अत्रीदेव खबर/२३ माघ कैलालीको घोडाघोडी नगरपालिकाले खुल्ला स्तरीय फुटबल प्रतियोगिताको लागि सहभागी हुन जाने खेलाडीलाई बिदाइ गरेको छ । भजनी नगरपालिका वडा नम्बर १ को आयोजनामा भइरहेको खुल्ला स्तरीय फुटबल प्रतियोगिताको लागी सहभागी हुने खेलाडीलाई घोडाघोडी नगरपालिकाले बिदाइ गरेको हो । शुक्रवार एक कार्यक्रमका बिच नगरपालिकाले खेलाडीहरूलाई उप प्रमुख प्रेम कुमारी थापाले रङ्ग लगाएर बिदाइ गरेकी हुन् । बिदाइ कार्यक्रममा उप प्रमुख थापाले खेलाडीहरूलाई जितको शुभकामना समेत दिइन । उनले खेलमा जितहार हुने तर, निर्धक्क भएर आफ्नो खेल प्रस्तुत गर्न खेलाडीहरूलाई अनुरोध गरेकी छिन् । घोडाघोडी युवा क्लबका उपाध्यक्ष होम तामाङको नेतृत्वमा  टिम भजनी प्रस्थान गरेको छ ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर