अत्रीदेव खबर/११बैशाख
भारतमा विगत केही दिनदेखि दैनिक ३ लाखभन्दा धेरै कोरोना संक्रमित भेटिइरहेका छन्, यो विश्वकै उच्च रेकर्ड हो । अस्पतालहरुमा बिरामीलाई बेड पाउन मुस्किल छ । संक्रमितसँगै मृतकको संख्या पनि बढिरहेको छ ।
जसकारण, दिल्ली र मुम्बईका मसानघाटहरुमा शव जलाउने ठाउँ पाउन पनि मुस्किल छ । भारतमा पछिल्लो समय दैनिक २ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । शुक्रबार यहाँ २६ सय जनाको मृत्यु भयो । कोरोनाका कारण सिर्जित त्रासदीपूर्ण अवस्थालाई यी तस्विरहरूले वर्णन गर्छन् – नयाँ दिल्लीमा कोरोना भाइरसका कारण मृत्यु भएका मानिसहरुको सामुहिक अन्त्येष्टी गरिएकोछ ।