मन्त्रि चौधरीको पहलमा हुलाकी सडक खण्डमा पर्ने रुख कटान सुरु

अत्रिदेव खबर/२४ बैशाख
धनगढीः कैलालीको बसन्ता वन क्षेत्रस्थित हुलाकी सडक खण्डमा पर्ने रुख कटान सुरु गरिएको छ।

जिल्लाको कैलारी गाउँपालिका–५ को कटैनी नदीदेखि छटकपुर बसन्तासम्म पर्ने २ किलोमिटर सडकखण्डमा रुख कटान शुक्रबारदेखि सुरु गरिएको हो।

संघीय सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीको बिशेष पहलमा रुख कटान सुरु गरिएको होे । हुलाकी राजमार्ग आयोजनाका इन्जिनीयर पदम मडैले कालो बोकाको बली दिएर रुख कटान कार्य सुरु गरिएको मन्त्री चौधरीका स्वकीय सचिव खडक चौधरीले अत्रिदेव खबरलाई जनाए।
अबको १०÷१५ दिनमै रुख कटान कार्य सम्पन्न गरिएको बताइएको छ। सो २ किलोमिटर सडक खण्डमा १ सय वटा रुख रहेको जनाइएको छ। रुख कटानीपछि कैलालीमा हुलाकी सडक निर्माणले पूर्णता पाउने बताइएको छ।
कैलारी गाउँपालिकाको कटैनी नदीदेखि भजनी नगरपालिकाको लालबोझीसम्म बसन्ता वनक्षेत्रमा जम्मा १८ मध्ये १६ किलोमिटरमा राजमार्ग निर्माण भइसकेको छ। यसका लागि २०७३ सालमा नै ठेक्का भएको थियो। तर २ किलोमिटर सडकमा काम भने अगाडि बढ्न सकेको थिएन।

त्यस्तै, कैलालीमा सन २०१० देखि हुलाकी राजमार्ग निर्माणको कार्य सुरु भएको थियो। तर एक दशक पूरा भइसके पनि निर्माण कार्यले पूर्णता पाउन सकेको थिएन।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर