रास्ट्रीय परिचय पत्र टोलिको समान चोरी

अत्रीदेव खबर/६ भदौ
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ९ मा ढोका तोडफोड गरि रास्ट्रीय परिचय पत्र टोलिको क्यामेरा सेट चोरी भएको छ।
तोडफोड गरिएको घोडाघोडी -९ स्थित सभाहल  रास्ट्रीय परिचय पत्र बनाउन वडा नम्बर ९ पुगेको टोलिका कम्प्युटर अपरेटर डम्मर महराका अनुसार परिचय पत्र बनाउन प्रयोग गरिएको हलको ढोका तोडफोड गरि गएराती क्यामेरा सेट चोरी भएको हो । साथै पालो कुरेर बसेका नागरिकताहरु छरपस्ट पारिएको अवस्थामा देखिएको उहाले बताउनुभयो ।

घोडाघोडी नगरपालिका -९ का अध्यक्ष कृष्ण बहादुर शाहले यो घटनाले वडाकै लाज भएको भन्दै तोडफोड र चोरिको घटनामा संलग्नलाई तत्काल पत्ता लगाएर कारबाही गर्नुपर्ने बताउनुभयो । अपराधिक मनसिकता भएका यसकिसिमका जोकोही लाई पनि कडा भन्दा कडा कारबाही गर्नुपर्ने अध्यक्ष शाहले बताउनुभयो ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 14

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर