स्वयंसेविकाको हौसला बढाउन साईकल उपहार

अत्रिदेव खबर\२८भदौ
मसुरिया ःकैलालीको गौरीगंगा नगरपालिकाको सहयोगमा महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई साईकल वितरण गरिएको छ । सोमबार मसुरिया स्वास्थ्य चौकीमा एक समारोहका बीच ४२ जना स्वयं सेविकालाई साईकल प्रदान गरिएको हो ।

स्वयंसेविकाहरुले स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै साईकल वितरण गरिएको वडा नं ९ का वडा अध्यक्ष हरि प्रसाद तिवारीले बताएका छन् । अब आउने समय मानव स्वास्थ्यमा चुनौतीपूर्ण रहेको र ग्रामीण बस्तीमा छिटो छरितो सेवा पु¥याउन महिला स्वास्थ्य स्वयं सेविकालाई साईकलले सहयोग पुग्ने विश्वास लिईएको छ ।

स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं ९ का अध्यक्ष हरि प्रसाद तिवारीको अध्यक्षतामा कार्यक्रम भएको थियो । मसुरिया स्वास्थ्य चौकी प्रमुख लाल प्रसाद पन्तले स्वागत गरेको कार्यक्रमको संचालन भुपेन्द्र शाहले गरेका थिए ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 14

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर