स्थानीय निकाय निर्वाचन प्रायोजनका लागी नेपाल प्रहरीले भर्ना गर्न लागेको म्यादी प्रहरीको फारम भर्नेको कैलालीमा पनि उत्साह देखिएको छ
नेपाल प्रहरीले ४० दिनका लागी १ लाख जना म्यादी प्रहरी भर्ना फर्म भर्ने कार्य आज (चैत्र ६)गते सुरु गरेपछि त्यसका लागी भिडभाड बढेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीले म्यादी प्रहरीका लागी फर्म वितरण सुरु गरेसँगै जिल्ला प्रहरी कार्यालय कैलालीमा आवदेकहरुको घुइँचो लागेको हो । कैलालीका लागि मात्र दुई हजार ४ सय ५७ जना म्यादी प्रहरी भर्ना गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।
छनोटका मापदण्डसमेत निर्धारण गरिएको छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका कुनै पनि नेपाली नागरिकले दर्खास्त दिन सक्नेछन् । विशेष गरी पूर्व नेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकाहरूलाई प्राथमिकतामा राखिने छ । भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् । ४० दिनसम्मको मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ ।
पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्नबापत ७ हजार २००, पोशाक र अन्य खर्च गर्ने गरि ६ हजार, यातायात खर्चबापत एक हजार र बिमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ । छनोट प्रक्रिया भने १५ चैतबाट प्रारम्भ हुने र नतिजा २२ चैतसम्म प्रकाशन गरिने छ ।