युक्रेनको डोनबासतिर अघि बढ्दै रुस, युक्रेनी सैन्य बल कमजोर हुँदै

रुसको सेनाले पूर्वी युक्रेनको डोनबासको थप भूभाग नियन्त्रण गर्न आक्रमणलाई तीव्र पारेको छ ।

यस क्षेत्रमा रुसले युक्रेनी सेनाको बेसमा भारी हमला गरिरहेको छ । यस क्षेत्रमा रहेको बीबीसी संवाददाताका अनुसार रुसी सेनाहरू अगाडि बढिरहेका छन् र युक्रेनको रक्षात्मक रेखा कमजोर हुँदै गइरहेको छ ।

युक्रेनको महत्वपूर्ण सहर मारियोपोल कब्जा गरेपछि रुसको मनोबल बढेको छ । मारियोपोलको स्टिल प्लान्टमा लुकेर रुसी सेनासँग लडिरहेका युक्रेनी सैनिकको अन्तिम टोलीले पनि आत्मसमर्पण गरेको छ ।

रुसले उत्तरपश्चिमी युक्रेनमा हतियार र सैन्य उपकरणको ठूलो भण्डार ध्वस्त पारेको दाबी गरेको छ ।

रुसको रक्षा मन्त्रालयले यी हतियार पश्चिमी देशबाट युक्रेनमा पुगेको बताएको छ । यी हतियारहरू लामो दूरीको मिसाइलहरूद्वारा आक्रमण गरिएको थियो ।

यद्यपि रुसको यो दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर