काे-काे भए माओवादी केन्द्रको पदाधिकारी ? (सूचीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले २१ जना पदाधिकारीको नाम प्रस्ताव गरेका छन् । एक नेताका अनुसार महासचिवमा देव गुरुङको नाम प्रस्ताव भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीको प्रस्ताव बैठकमा गरेका थिए ।

बैठकले त्यसलाई अनुमोदन गरेपछि माओवादीले पदाधिकारी पाएको हो । माओवादीको आठौं महाधिवेशन गत पुस ११ देखि १८ गतेसम्म काठमाडौंको प्रज्ञा भवनमा सम्पन्न भएको थियो । शनिबार सम्पन्न स्थायी समितिले पार्टीको सर्वाधिक चासोका साथ हेरिएको महासचिवमा देव गुरुङ सर्वसम्मत भएका छन् । उनी माओवादी केन्द्रमा चौथो वरियतामा थिए ।

प्रचण्डले मध्यमार्गी प्रस्तावका रुपमा देव गुरुङलाई महासचिवमा अगाडि सारेका हुन् । माओवादीले २१ जनाको पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, एक जना उपाध्यक्ष एक जना महासचिव, ७ जना उपमहासचिव, ९ जना सचिव र एक जना कोषाध्यक्ष बनाएको छ । जसअनुसार, अध्यक्षमा प्रचण्ड, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा यस अगाडी नै सर्वसम्मत भईसकेका थिए । वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र कृष्णवहादुर प्रस्ताव भएका छन् ।

त्यस्तै, उपमहासचिवमा गरिराजमणी पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेत प्रस्ताव भएका छन् । त्यस्तै, सचिवहरुमा दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखेरेल, गणेश साह, हितमान शाक्य, हित राज पाण्डे, डिलाराम शर्मा र राम कार्की छन् भने कोषाध्यक्षमा श्रीराम ढकाल प्रस्ताव भएका छन् । यी हुन् माओवादी केन्द्रका पदाधिकारीको सूची अध्यक्ष : पुष्पकमल दाहाल ‘प्रचण्ड’ वरिष्ठ उपाध्यक्ष : नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ उपाध्यक्ष : कृष्णबहादुर महरा महासचिव : देव गुरुङ उपमहासचिव : वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव,हरिबोल गजुरेल सचिव : दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की कोषाध्यक्ष : श्रीराम ढकाल प्रशान्त

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 12

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर