नमुना मतदान सम्पन्न 

१७ कात्तिक : कैलालीको घोडाघोडी नगरपालिकामा आज नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ ।
प्रदेश निर्वाचन कार्यालय धनगढीका  निर्वाचन अधिकारी प्रेमराज भट्टको नेतृत्वमा घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावत उपप्रमुख गुलियादेबी चौधरी लगायतको सहभागितामा नमुना मतदान सम्पन्न भएको हो ।
गाउँ घरमा सेवामा खटिरहने स्वास्थ्य स्वयंसेविका ,पालिकाका कर्मचारीहरूले नमुना मतदान कार्यक्रममा सहभागिता जनाएका थिए । नमुना मतदानको अभ्यासलाई निर्वाचन अगाडि अझै धेरै ठाउँमा निरन्तरता दिए निर्वाचनमा बदर हुने मतको सङ्ख्या घट्ने भएकोले यसको आवश्यकता रहेको नगर प्रमुख खडक रावतले बताउनुभयो ।
प्रदेश निर्वाचन कार्यालय धनगढीका  निर्वाचन अधिकारी प्रेमराज भट्टले मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा बदर मत घटाउने तथा मतदातालाई मतदान सम्बन्धी जानकारी दिने उद्देश्यले नमुना मतदान अभ्यासलाई अझै निरन्तरता दिने बताउनुभयो  ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 14

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर