घोडाघोडी नगरलाइ अल्टिमेटम : दारु पाटी,राजश्व छलिमा संलग्नलाइ कर्मचारी छनोट ,लिदैगरेको परीक्षा स्थगित लगायतका विषयमा छानबिन गर्न माग


कैलाली । जिल्लाको घोडाघोडी नगरपालिकामा व्याप्त भ्रष्ट्राचार र अनियमितता भएको भन्दै एमाले निकट राष्ट्रिय युवा संघ नेपालले तीन दिन भित्र छानबिनको माग गरेको छ ।
राष्ट्रिय युवा सङ्घ नेपाल घोडाघोडी नगर कमिटीले आज नगर प्रमुख खडक रावत र प्रमुख प्रकाशकीय अधिकृत दीपक आचार्यलाई ज्ञापन पत्र बुझाउँदै विभिन्न बिषयमा छानबिनको माग गरेको हो । राष्ट्रिय युवा संघ घोडाघोडीका अध्यक्ष होम तामाङ र राष्ट्रिय युवा सङ्घ नेपाल कैलाली अध्यक्ष शिवराज चन्दले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका थिए ।
५ बुँदे मागसहित बुझाइएको ज्ञापन पत्रको तीन दिन भित्र सम्बोधन नभए कडा आन्दोलन गर्ने राष्ट्रिय युवा संघ घोडाघोडीका अध्यक्ष होम तामाङले बताए ।
घोडाघोडी नगरपालिकाले राजश्व छली गरेको व्यक्तिलाई कारबाही गर्नुको साट्टो कर्मचारी भर्ना गरेको, नियम विपरीत सवारी साधन प्रयोग गरेको, कर्मचारी नियुक्तिको परीक्षा स्थगित गरेको, सडक अतिक्रमण खाली गर्न आलटाल गरेको र मदिरा सेवन गरेर सरकारी सम्पत्ति तोडफोड गरेको बिषयमा छानबिन गरि नगरपालिकाले सत्य तथ्य सार्वजनिक गर्न माग गरिएको छ ।
घटनाको सत्य तथ्य सार्वजनिक गर्न र दोषीलाई कारबाही गर्न भन्दै हिजो पनि राष्ट्रिय युवा सङ्घले प्रमुख प्रशासकीय प्रमुखको कार्यालयमा तालाबन्दी गरेको थियो । सर्बसाधरण र सेवाग्राहीलाई मारमा नपारी आन्दोलन गर्ने भन्दै आज ताला खोलिएको अध्यक्ष तामाङले बताए । उनले तीन दिन भित्र सत्य तथ्य बाहिर नल्याए पुन आन्दोलन गर्ने चेतावनी समेत दिए ।
ज्ञापन पत्र बुझ्दै नगरप्रमुख रावत र प्रमुख प्रशासकीय अधिकृत आचार्यले यस बिषयमा छानबिन गर्ने र अघि बढ्ने प्रतिबद्धता जनाएका थिए

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 18

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर