घोडाघोडीमा ट्याक्टर ब्यबसायीको ताला


२६ मसिंर/ सुखड । कैलालीको घोडाघोडी नगरपालिकामा ट्याक्टर व्यवसायीहरूले तालाबन्दी गरेका छन् । ढुङ्गा, गिट्टी, बालुवा र रोडा जस्ता नदी जन्य पदार्थहरूको कर सङ्कलन गर्दा कर्णाली निमार्ण सेवाले तोकेको भन्दा बढी नगद रसिद काटेको भन्दै उनीहरूले पालिकामा तालाबन्दी गरेका हुन ।
नगरपालिकामा तालाबन्दी गरिँदा केही कर्मचारी र सेवाग्राही केही समय भित्रै थुनिएका थिए । कर्णाली निमार्ण सेवाले नगरपालिकाको सम्झौता विपरीत नगद रसिद काटेको ट्याक्टर व्यवसायीहरूको भनाई रहेको छ । 
निमार्ण सेवाले सम्झौता अनुसार प्रतिधन मिटर १ सय १९ रुपैयाँ लिनु पर्नेमा तर प्रतिधन मिटर २ सय लिएको ट्याक्टर व्यवसायी कुश प्रसाद तिवारीको भनाई छ । कर्णाली सेवाले पालिका सगं भएको सम्झौता अनुसार नगद रसिद काट्नु पर्ने उनिहरुको माग गरेको छ । सबै निकायमा जाँदा समेत आफूहरूको मागलाई व्यवस्था गरेको हुँदा बाध्य भएर नगरपालिकामा तालाबन्दी गरेको उनिहरुको भनाई छ ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 18

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर