सभामुखमा उमेदवारी दिने कांग्रेस पदाधिकारीको निर्णय


काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख पदमा उमेदवारी दिने निर्णय गरेको छ । आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको कांग्रेस पदाधिकारीको बैठकबाट यस्तो निर्णय गरिएको हो ।

दिउँसो २ बजे संसदीय दलको बैठक बसेर उमेदवारको टुंगो लगाउने निर्णय गरिएको छ । त्यसअघि, अरू दलका नेताहरूसँग छलफल गरेर बहुमत जुटाउन प्रयास गर्ने बताइएको छ ।

“कांग्रेस पदाधिकारी पूर्वपदाधिकारी बैठक सम्पन्न भएको छ । आजै सभामुखको उमेदवारी दर्ता गर्नुपर्ने भएकाले उमेदवारी दिने निर्णय भएको छ,” नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भने, “त्यसका लागि २ बजे संसदीय दलको बैठक बोलाइएको छ । त्यसअघि अन्य दलहरूसँग छलफल हुनेछ ।”

आजै पदाधिकारी बैठकअघि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले देउवालाई भेटेका थिए ।

कांग्रेस नेताले फेरि एकपटक एकीकृत समाजवादी, जसपा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमोर्चाका नेतासँग छलफल गर्ने तयारी गरेका छन् । सभामुख एकीकृत समाजवादी वा विपक्षी अरू दललाई दिएर उपसभामुख र राष्ट्रपतिमा आफ्ना उमेदवार उठाउने विकल्पमा कांग्रेस नेताले छलफल गर्न लागेको बताइएको छ ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 14

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर