अत्तरियामा गोलि चल्यो


कैलाली– कैलालीको अत्तरियामा गोली चलेको छ । अत्तरियामा सुन व्यवसाय संचालन गर्ने विकाश गौतम माथी गोली चलेको हो ।

मोटरसाइकलमा यात्रा गरिरहेका उनीमाथि अत्तरियायाको पुर्व रोडमा रहेको सशस्त्र प्रहरी कार्यालय नजिकै गोली चलेको हो ।

उनीमाथि अत्तरियाबाट पुवी दिसा तर्फ गइरहेको मोटरसाइकलमा सवार २ जनाले गोली चलाएको स्थानीयले बताएका छन ।

गौतममाथी २ गोली लागेको र, उनको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको उनका बुवा एलबी गौतमले जानकारी दिएका छन ।

गोली प्रहार पछि सुटरले गोतमसंग भएको व्याग लगेर फरार भएको स्थानीय प्रत्यक्षदर्शी हेमराज जोशीले बताए ।

अहिले प्रहरी घटनास्थलमा रहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 18

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर