यो निर्वाचन राजावादी र गणतन्त्रवादी बिचको महासंग्राम हो : आचार्य

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य लक्षिराम आचार्यले यो निर्वाचन राजावादी र गणतन्त्रवादीबिचको महासंग्राम भएको बताएका छन । बिहिबार कैलालीको गोदावरी नगरपालिका वडा नं. ८ स्याउलेमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन ।

उनले गणतन्त्रवादीहरुको झुण्ड ५ दलिय गठबन्धन र राजावादीहरुको झुण्ड केपी ओली नेतृत्वको समुह भएको बताए । उनले संविधानको रक्षा र देशको समृद्धीका लागी बनेको गठबन्धनलाई अलग अर्थ लगाईएको पनि बताए । ‘एमालेका डरले ५ वटा दल मिलेर गठबन्धन बनायो भनेर कोही कोहीले भनिरहेका छन’ उनले भने ‘तर त्यो होईन, देशमा दुई वटा गठबन्धन बनेका छन । एउटा प्रतिगामी र अर्काे गणतन्त्रवादी । प्रतिगामी गठबन्धनमा गणतन्त्रका विरोधी, धर्म निरपेक्षताका विरोधी तथा समाज परिवर्तन र रुपान्तरणका विरोधीहरु साझेदार छन । तर हाम्रो गठबन्धन लोकतन्त्रधारी र गणतन्त्रवादी गठबन्धन हो ।’

उनले देश परिवर्तनका लागी २००७ सालमा पुर्खाहरुले लडेर ल्याएको नेपालको स्वतन्त्रता र २०४६ सालमा बुवाहरुले लडेर ल्याएको बहुदलिय व्यवस्थाको वेवास्था गर्दै ६२/६३ को जनआन्दोलनमा युवाहरुले लडेर फालेको राजकिय व्यवस्थालालाई उब्जाउने काम भैरहेको बताए ।

उनले निर्वाचन निर्वाचन सांसद जिताउने र मन्त्री बनाउने निर्वाचन मात्रै नभई आन्दोलनको एउटा लडाई भएको पनि बताए । देशको परिवर्तनका लागी कालजयी ईतिहास सबैले भोगेको बताउदै उनले गणतन्त्रलाई बचाएर देशलाई समृद्ध बनाउनका लागी गठबन्धनमा भोट हाल्नुको विकल्प नरहेको बताए ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 49

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर