सांसद गंगा चौधरीद्वारा भत्किएको नहर अनुगमन


अत्रीदेव खबर / २६ मंसिर
सुखड : कैलालीको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा बिजयी हुनुभएका सांसद गंगा चौधरीले कैलालीको घोडाघोडी नगरपालिका-१ स्थित बग्धौली सिचाइ जल उपभोक्ता संस्थाद्वारा निर्मित बाढिले भत्काएको नहरको अनुगमन गर्नुभएको छ ।
घोडाघोडी नगरपालिका-१ को घोडाघोडी स्थित पुर्वपश्चिम राजमार्ग देखि १ सय मिटर उत्तर पुर्वी ओझुवा नजिक बाढिले भत्काएको नहरको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का सासंद गंगा चौधरिले आज अनुगमन गर्नुभएको हो ।
गत भदौ ३० देखि असोज १ गतेसम्म परेको अबिरल बर्षाका कारण आएको बाढिका कारण भत्किएको करिब ५० मिटर लामो नहर अनुगमन गरिएको संस्थाका कोसाध्यक्ष हरिलाल सापकोटाले जानकारी दिनुभयो ।
अनुगमन पछि सांसद चौधरीले आफ्नोतर्फबाट नहर पुनर्निर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 18

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर