जनयुद्धकी घाइते शैलजा सार्कीको घर शिलान्यास 

२६ पौष\सुखड्

मङ्गलवार कैलालीको घोडाघोडी नगरपालिका २ साडेपानीमा जनयुद्धकी घाइते शैलजा सार्कीको घर निर्माणको लागी शिलान्यास गरिएको छ । 

सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य जानकी कुँवरले एक कार्यक्रमका बिच घरको शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रमपछि प्रदेशसभा सदस्य कुँवरले शैलजा सार्कीको घर निर्माणको पहलकदमी र निर्माणको सुरुवातका लागी नेकपा माओवादी केन्द्रका स्थानीय नेता तथा निर्माण समितिलाई धन्यवाद दिनुभयो । 

नेकपा माओवादी केन्द्र निकट क्रान्तिकारी महिला सङ्गठनकी घोडाघोडी नगर अध्यक्ष समेत रहनुभएकी सरिस्मा न्यौपानेको संयोजकत्वमा गठित सहयोग तथा निर्माण समितिले स्थानीय सहयोगी दाताहरूको सहयोगमा शैलजा सार्कीका लागी २ कोठा भान्सा ,बरन्डा तथा शौचालय सहितको टिनको छानो भएको पक्की भवन निर्माणको थालनी गरेको हो । आफूहरूले १ महिनाको अवधिमा घर निर्माण गरी शैलाजा सार्किलाई हस्तान्तरण गर्ने समितिकी अध्यक्ष न्यौपानेले बताउनुभयो । 

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 14

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर