घोडाघोडीमा हाकिमको क्वाटरमा मध्यरातमा जाड पार्टी ,हाकिमको आमाचाकरी गाली पछि तोडफोड

प्रकाश मिश्र
अत्रीदेव खबर/११मंसिर
घोडाघोडी नगर पालिकाका प्रमुख प्रशाकिय अधिकृत दिपक आचार्यले आफ्नो सरकारी क्वाटरमा जाड पार्टी आयोजना गरेका छन् ।
गएराति मदिरामा मस्त प्रमुख प्रशाकिय अधिकृतले सरकारी क्वाटरमा घोडाघोडीका मेयर खडक रावल, १ का अध्यक्ष घनश्याम ओझा, ४ का अध्यक्ष भरत शाही ७ का जुगराम चौधरी र १२ मा रामदुलारी चौधरीलाई बोलाए जाडपार्टि दिएका थिए ।
क्वाटर नजिकै रहेको माछा घरमा रहेका मेयर सहितका वडाध्यक्ष संग बसेर मापसे गरेका हाकिम र १ का वडाध्यक्ष ओझा बिच त्यही विवाद सुरु भइसकेको थियो ।
कि तपाईं बस्नुस कि म बस्छु´ त्यही वडाअध्यक्षले भन्नू भएको थियो´ त्यही पार्टीमा रहेका अर्का एक जनाले भनेत्यसपछी हाकिम साप जानू भयो ।´
माछा घरको पार्टी बाट निस्केर हाकिम सरकारी क्वाटरमा जाड पार्टी आयोजना गर्न लागे । त्यसपछि आचार्य फेरी माछा घरमा पुगे र सबैलाई आफ्नै क्वाटरमा बस्न आग्रह गरे । हाकिमको निम्तो स्विकार्दै सबै क्वाटर लागे ।
मदिरा सेवन गरिसकेका सबै फेरि सरकारी क्वाटरलाई बार बनाए । त्यहा हाकिम र १ का अध्यक्षले बियर खाए । मेयर र ७ का अध्यक्षले भोड्का लिए । अन्य २ अध्यक्षले केही लिएनन् ।
फेरि हाकिम र १ का अध्यक्षले बीचको घोचपेच सुरु भयो । पुराना असन्तुष्टी, बेमेलका कुरा सबै आउन थाल्यो । यति बेला सम्म हाकिम पुरै झ्याप भइसकेका थिए ।
उनले १ का अध्यक्षलाई अपशब्द बोल्न थाले। सबैले सम्झाउन थाले हाकिम मानेनन् ।
`अध्यक्षलाई आफ्नै क्वाटरमा बोलाएर आमाचाकरी गाली गरेपछि उहाँ पनि आक्रोशमा आउनु भयो र टेबलमा खुट्टा बजार्नु भयो । त्यसपछि टेवल फुट्यो´ त्यही रहेका एकले सुनाए ।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले पनि नगरपालिकाका कार्यकारी प्रमुख साझै बाट मदिरामा लट्ठ रहेको बताए । क्वाटरमा नगर पालिकाका प्रमुख र वडा अध्यक्षलाई जाड पार्टी दिनुभन्दा पहिले प्रमुख प्रशासकीय अधिकृत इप्रका सुखडमा पुगेका थिए । गेटमा पुगेका उनलाई सिपाहीले सम्झाएर पठाएपछि फेरि माछा घर हुदै आफ्नै क्वाटरमा जाड पार्टी दिन पुगेका थिए । यस विषयमा बुझ्न फोन गर्दा आचार्यको फोन उठेन । नागरपालिका प्रमुख रावतले वडाध्यक्षलाई घोचपेच गरेपछि टेबुल फोटेको बताए ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 18

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर