मन्त्रिपरिषद र नेकपाको सचिवालय बैठक समय एउटै, तनावमा दाहाल

मंसिर ३, काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले पार्टीको सचिवालय बैठकसँग जुधाएर मन्त्रिपरिदको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार दिउँसो १ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएको एक मन्त्रीले बताए ।

नेकपाको सचिवालय बैठक पनि बुधबार दिउँसो १ बजे बस्ने पूर्वनिर्धारित छ ।

ओलीविरुद्ध दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न आरोपहरूसहित सचिवालय बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेका छन् । सो प्रतिवेदन रोक्न ओलीले भरपुर प्रयास गरेका छन् ।

प्रतिवेदनका कारण ओली र दाहालबीच सम्बन्ध बिग्रिएको छ । ओली समूहले राजनीतिक प्रतिवेदनलाई दाहालको व्यक्तिगत कुण्ठा र अभियोग पत्रको संज्ञा दिएको छ ।

ओलीले सचिवालय बैठकसँग जुधाएर मन्त्रिपरिषदको बैठक बोलाएपछि दोस्रो वरीयताका अध्यक्ष दाहाललाई तनाब भएको छ ।

ओलीले जानेर सचिवालय बैठक रोक्न मन्त्रिपरिषदको बैठक बोलाएको दाहाल निकटका नेताहरूको आरोप छ । – दैनिक नेपालबाट

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 65

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर