बुटवलबाट प्रधानमन्त्रीको गर्जन ःआगामी निर्बाचनमा स्पष्ट बहुमत आउछ (फोटोफिचर)

अत्रिदेव खवर\१फागुन
बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले प्रतिनिधिसभा विघटन गर्ने आफ्नो निर्णय संविधानसम्मत भएको दाबी गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समुहको लुम्बिनी प्रदेशद्धारा बुटबलमा सनिबार आयोजना गरेको सभालाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले संविधान सम्मत र विशेषाधिकार प्रयोग गरेर आफुले प्रतिनिधिसभा विघटन गरेको बताउनुभएको हो । आफ्नै पार्टीबाट काम गर्न नदिने र मुलुकलाई अस्थिरतामा धकेल्ने षडयन्त्र हुन थालेपछि आफुले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गरेको स्पष्ट पार्नुभयो ।


उहाँले भन्नुभयो “ संविधान विपरित होइन विल्कुल संविधानसम्मत ढंगले विघटन भएको छ । म लगभग दुई तिहाई अर्थात् ६४ प्रतिशतको प्रतिनिधित्व गरेको प्रधानमन्त्रीले विघटन गरेपछि अर्को कुनै विकल्प छैन । मलाई चलाउन नदिएपपछि, मैले चलाउ नसक्ने अवस्था भएपछि र देश अस्थिरता तर्फ धकेलिने अवस्था भएपछि मैले संसद विघटन गरेँ । काम गर्न नदिने, अस्थिरता तर्फ लाने, लोकतान्त्रिक प्रणाली र प्रक्रिया चल्न नदिने, अलोकतान्त्रि अस्वस्थ प्रक्रियातर्फ देशलाई धकेल्ने, ती प्रयासहरु जब आफ्नै भित्रबाट हुन थाले, मैले वहुमतको प्रधानमन्त्रीको हिसाबले संसद विघटन गर्नुपर्यो । र त्यो संविधान सम्मत छ ।


संविधानको धारा ७६ १ अन्तरगतको सरकारले संविधानको धारा ७६ को उपधारा ७ बमोजिम विघटन गरिएको हो । धारा ८५ ले भने अनुसार विघटन गरेको हो । प्रधानमन्त्रीको विशेषाधिकारको प्रयोग गरेर विघटन गरेको हो । त्यसकारण यो संविधानसम्मत छैन भन्ने कुरा निरर्थक छ ।”
अदालतलाई दबाब दिने अनेक प्रकारका काम भएको उल्लेख गर्दै उहाँले अदालतले मुलुकलाई अस्थिरता तर्फ धकेल्नेछैन भन्ने विश्वास आफुले लिएको बताउनुभयो । उहाँले भन्नुभयो “देशलाई अस्थिरतातर्फ अदालतले फर्काउने छैन भन्ने मैले विश्वास लिएको छु । अस्थिरता तर्फ देशलाई फर्किन दिनु हुदैन । अब कुनै पार्टीको बहुमत रहदैन यसपछि यदि संसद पुर्नस्थाना हुने हो भने । बहुमत नरहेपछि किनबेच, मोलतोल सुरु हुने, अनुचित समिकरण सुरु हुने,बाँकी डेढ बर्षमा लोकतन्त्रको हुर्मत लिने काम हुन्छ । त्यसैले अब अलमलिने होइन सोझै जनतामा जनादेशका लागि जानुपर्छ । ”

बहुमत र समानुपातिकमा ५० लाख मत ल्याउने
प्रचण्डले विगतमा सर्वसाधरणलाई अनेक सपना देखाएर झुक्याएर सत्तामा जाने भर्याङ बनाएको भन्दै उहाँले आफुलाई लोकप्रिय छौ भन्नेहरु चुनाव किन डराएको भनी प्रश्न गनुभयो । उहाँले आफुहरुले निर्वाचनमा प्रत्यक्ष तर्फ बहुमत र समानुपातिकमा ५० लाख मत प्राप्त गर्ने उद्घोष गर्नुभयो ।
उहाँले भन्नुभयो “यदि कसैलाई आफु लोकप्रिय छौ भन्ने लाग्छ भने जनमतमा आउनुहोस् । माछे हेर्ने मात्रै किन ? गनौ ला नि बाकसबाट मतपत्रै निकालेर गनौला नि । कसको समर्थनमा कति भन्ने ? ५० लाख हामी समानुपातिक मत ल्याउँछौ घटाएर देखाउनुहोस् न त्यो मत । हामी प्रत्यक्ष तर्फ बहुमत सिट ल्याउँछौ घटाएर देखाउनुहोस् न । किन आत्तिनुभएको चुनावबाट ?”
आफुले दलहरु आन्दोलित र विभाजित भएको बेला ५० बर्ष भन्दा अगाडि एक तारे एकिकरणको अभियान सुरु गरेको र ३ बर्ष अगाडि माओवादी केन्द्र र एमालेलाई मिलाएर एउटा ससक्त कम्युनिष्ट पार्टी बनाउने अगुवाई गरेको स्मरण गर्दे देश बनाउने नभई आफु बन्ने उद्देश्य बोकेकाहरुले काम गर्न नदिएको प्रधानमन्त्रीको भनाई थियो । उहाँले देश बनाउन र स्वभिमान उठाउन नभई नेपालको नक्सा प्रकाशित गर्ने नेतृत्व गरेपछि आफ्ना विरोधीहरु आत्तिएको र आफुलाई प्रधामन्तन्त्रीबाट हट्नु पर्यो भनेको बताउनुभयो ।
पार्टी नफुटेको र फुट्दैन भन्ने कुरा सभाहरुमा हुने उपस्थितिले देखाएको देखाएको भन्दै उहाँले आफ्नो व्यक्तिगत स्वार्थ, गुटबन्दी गर्ने, उद्देश्य नमिलेका र देश बनाउने सपना नबोकेका, सम्मृद्धि र देश बनाउने उद्देश्यलाई अस्वीकार गर्ने तत्वहरु मात्रै बाहिरीएको बताउनुभयो ।
प्रचण्ड माधव समुहले विगतमा पार्टी भित्र बसेर गाली गरेको, रेडियो, टिभिमा गएर मनपरि बोलेको र अहिले पार्टी बाहिर गएर मनपरि बोलेको उहाँले बताउनुभयो । पार्टी सुद्धिकरण गर्नुपर्ने आवश्यकता परिरहेका बेला प्रचण्ड माधव समुह बाहिर गएर महान सुद्धिकरणका लागि ढोका खोलेको बताउनुभयो । अब पार्टी सुद्धिकरण भई अनुशासित र गतिशिल ढंगले अघि विचार बोकेको पार्टीको रुपमा अब पार्टी अघि बढेको दाबी गर्नुभयो । केही मानिस पार्टी छोडेर गएको र कठै बरा भन्नुपर्ने मानिसहरु नगएको जिकिर पनि उहाँले गर्नुभयो ।
जनसभागिता हेर्न आमन्त्रण
प्रधानमन्त्री ओलीले जनसभागिता र जनसभा हेर्न बुटबल आउन प्रचण्डलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “३ दिन अगाडि मात्रै देशभरीबाट मान्छे जम्मा गरेर अलिकति मान्छे देखेपछि मान्छे हेर्न जनसभागीता हेर्न यहाँ आउ केपी ओली भनेर मलाई केही मान्छेहरुले भनेका थिए । आज म देशभरीको होइन लुम्बिनी प्रदेशको यो बुटवलको सभा हेर्न आउनका लागि आग्रह गर्न चााहन्छु । आउनुहोस् जनसहभागीता कस्तो हुन्छ । ”
बलात्कारीलाई नछोडिने
उहाँले निर्मला, भागीरथी लगायतका बलात्कारी र हत्याका आरोपितहरुलाई कारवाही गरेरै छाड्ने प्रतिवद्धता जनाउनुभयो । काठमाण्डौमा महिला हिंसा अन्त्य गरि बलात्कारी र हत्यारालाई कारवाही गर्न दिनहुँ आन्दोलन र विरोध प्रर्दशन भईरहेका बेला लुम्बिनी पुगेर प्रधानमन्त्रीले महिला हिंसा, बलात्कार र हत्यामा संलग्न दोषीलाई पानी मुनि गए पनि नछोडिने र सँजाय पनि कम नहुने बताउनुभएको हो । उहाँले ठिलै भएपनि सबै घटनाका दोषि अपराधीलाई सरकारले पक्राउ गर्ने आवश्वासन दिनुभयो ।


गाली पुराण
केही दिन अगाडी काठमाण्डौमा प्रचण्ड माधव समुहले गरेको सभालाई उहाँले गाली पुराणको संज्ञा दिनुभयो । माघ २८ गते आयोजित सभामा केपी ओलीलाई धपाउने भन्दै सबै बक्ताले लाईन लागेर गाली पुराण चलाएको उहाँको भनाई थियो । गाली पुराण खण्ड १ देखि १७ वटा गाली पुराणका खण्ड सुनाएको उहाँले उल्लेख गर्नुभयो । आफुले प्रचण्ड माधव समुहसंग कुनै प्रतिष्पर्धा गर्नु नरहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो“उनीहरुसंग कुनै प्रतिष्पर्धा गर्नु छैन । उनीहरुसंग विचार मिल्दैन । सिद्धान्त मिल्दैन । उनीहरु आफ्नालाई भलो गर्न चाहन्छन् । शासनसत्ता कब्जा गर्न चाहन्छन् । हामी देश र जनताको भलो गर्न चाहछौ । ”

सुर्य चिन्हको विवाद आबश्यक छैन

प्रधानमन्त्री ओलीले आफुले अहिले सम्म सुर्य चिन्ह बाहेक अरु चिन्हबाट नलडेको र आफुहरुले नै दर्ता गराएको भएकाले सुर्य चिन्ह कसको भन्नेमा विवाद गर्नुनपर्ने दाबी गर्नुभयो । २०४७ साल पछि निर्वाचन आयोगमा सुर्य चिन्ह दर्ता गराउने आफुहरु नै भएको र प्रचण्डले जीवनमा एकपटक पनि सुर्य चिन्हबाट चुनाव नलडेको भन्दै उहाँले कुन आधिकारीक भन्ने छलफल गरिरहनुपर्ने विषय नभएको बताउनुभयो । देशमा न्याय नमरेको भन्दै उहाँले आफुहरु सत्यको मार्गमा रहेकाले जीत असंभावी रहेको बताउनुभयो । आक्रोश आवेश र रिस रागबाट सञ्चालित नभई देश बनाउन हिडेकाले आफुहरुले जित्ने दाबी गर्नुभयो
लालकिल्ला
उहाँले प्रचण्ड नेपाल समुहको उद्देश्य देश विगार्ने रहेको बताउनुभयो । विगतमा प्रचण्डले युवाहरुमा विभिन्न प्रलोभन सहितका सपना देखाएको तर आज त्यो जमाना नरहेकाले भ्रमको जादु नचल्ने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो “यो राणा शासन होइन । यो पञ्चायतीकाल होइन । प्रचण्डले झुक्काउनुभएको थियो १० बर्ष सम्म । प्रचण्डले कस्तो गर्नुभएको थियो ? एउटा गाउ गाउमा म सानो हुदाखेरी आउँथ्यो एउटा बाक्सा लिएर, क्यामरा जस्तो लिएर । अनि भन्थ्यो कलकत्ताका आउडाका पुल देखो,दिल्लिका कुतुमिनार देखो, लालकिल्ला देखो, आग्राका ये देखो । उहाँले हाम्रा युवाहरुलाई त्यसै गर्नुभयो । क्रान्तिका सपना देखो, परिवर्तनका सपना देखो , समाजवादका सपना देखो मिरमिरे १० पैसा गायब । अब त्यो जमाना गयो । उहाँले लालकिल्ला र कुतुमिनार देखाउने आउडाका पुल र ताजमहल देखाउने समय गयो । उहाँले जुन १० पैसा पचाउनुभयो १० बर्ष सम्म पचाउने समय गयो । अब जनता अलमलिदैन । नअलमलिकन अगाडी बढौ ।”

उहाँले लुम्बिनी प्रदेशमा भएका विकास निर्माण तथा पुरातात्विक महत्वका विषयमा सरकारले गरेका कामहरुको पनि चर्चा गर्नुभयो । उहाँले लुम्बिनी र कविलवस्तुको ऐतिहासिक धार्मिक महत्व बारे पनि प्रवचन दिनुभएको थियो । उहाँले डिजिटल नेपाल निर्माणका लागि गरेको कामको फेयरिस्त सहितसामाजिक सुरक्षाका क्षेत्रमा सरकारले काम गरेको, सामाजिक सुरक्षाको दायरा विभिन्न ढंगले बढेको पनि बताउनुभयो ।

उहाँले भूमिहिन र सुकुम्बासी लगायत सम्पुर्ण भूमिसम्बन्धी समस्या समाधान गर्ने प्रतिवद्धता पनि जनाउनुभयो । सरकारले गरेको असाधारण विकास देखेर विरोधीहरु आत्तिएको अनि आगामी निर्वाचनमा व्यहोर्नुपर्ने हारबाट डराएर देशी विदेशी प्रतिक्रियावादी षडयन्त्रहरु झुमझुमाएर आफु विरुद्ध आएको दाबी उहाँले गर्नुभयो । उहाँले फागुन ३ गते दोश्रो पटक प्रधानमन्त्री भएको ३ बर्ष पुगेको अवसरमा सरकारले गरेका कामहरु सार्वजनिक गर्ने जानकारी पनि दिनुभयो ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 14

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर