किशोरीलाई आफ्नो सुरक्षा आफै गर्न सिकाउँदै गौरीगङ्गा नगरपालिका

प्रेम जोशी/२१फागुन
मसुरिया ः पछिल्लो समय देशमा महिला हिंसाका घटना बढिरहेको भन्दै कैलालीको गौरीगङ्गा नगरपालिकाले किशोरी आत्मरक्षा तालिम सञ्चालन गरेको छ ।
पालिकाले मार्च ८ मा मनाइने १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको सप्ताह व्यापी अभियान अन्तर्गत  महिला सुरक्षा ,सम्मान र रोजगार समृद्ध नेपालको अधिकार भने मूल नाराको साथ मनाइने १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सक्षम छोरी अभियान अन्तरगत किशोरीहरू माथि हुने हिंसाबाट कसरी बच्ने भन्ने बारे  किशोरीहरूका लागी दुई दिने आत्मरक्षा  तालिम सञ्चालन गरिएको गौरीगङ्गा नगरपालिकाको महिला तथा बालबालिका शाखाले जनाएको छ ।

नगरपालिकाले तीन  माध्यमिक विद्यालयमा एकैसाथ सुरु गरेको तालिममा सक्षम छोरी अभियानले सहजीकरण गरिरहेको छ । यस प्रकारको तालिमले समाजमा हुने महिला हिसाँमा कमी आउनुका साथै महिला तथा किशोरीहरूको आत्मविश्वास बढ्दा उनीहरू समाजका हरेक स्थानमा पहुँच बढाउन सफल हुने भएकोले  तालिम आवश्यक रहेको सक्षम छोरी अभियानका सहजकर्ता शिवराज रिमालको भनाई छ । कार्यक्रम लाई नगरपालिकाले नगर भित्र रहेका सम्पूर्ण विद्यालयमा सञ्चालन गर्न सक्ने हो भने किशोरीहरूले आफूलाई सुरक्षित महसुस गर्नुका साथै राम्रो सन्देश जाने अर्का सहजकर्ता नरेश कार्कीको बुझाई रहेको छ ।

आत्मरक्षा तालिमबाट किशोरीहरू निकै उत्साहित देखिन्छ । आफूहरूमाथि समाजमा विभिन्न किसिमका हिंसा हुने गरेकोमा तालिमबाट त्यस्ता हिंसाको प्रतिकार गर्न सिकेकोले आफूले आफूलाई सुरक्षित महसुस गरेको सहभागी दिलमाया रानामगर बताउँछिन् । यहाँ बाट सिकेका कुराको व्यवहारमा परिणत गर्दै गाउँ टोलमा पनि सिकाउने र यसलाई अझ प्रभाकारी तरिकाले नगर भित्र रहेका सम्पूर्ण किशोरीलाई तालिम दिनुपर्ने अर्की सहभागी निशा जोशी भन्छिन् यहाँ बस्दा लाग्यो हिंसाबाट म बाट पनि हुन्छ त्यसैले आफू बाट नै परिवर्तन गर्ने बाचा समेत गर्छु ।
तालिमबारे नगरपालिका उपप्रमुख अन्चला चौधरी भन्छीन‘किशोरी तथा महिलाहरू माथि नजिकैको वा आफन्तै बाट नजानिँदो पाराले दुर्व्यवहार तथा हिंसा हुने गरेका कारण आत्मरक्षा तालिमले सुरुमा उनीहरूलाई गलत छुवाई र त्यस्ता किसिमका हिंसा बाट बच्न सिकाउँछ’। समाजमा किशोरीहरू विद्यालय जान पनि डराउनुपर्ने अवस्था सुदूरपश्चिममा रहेको सन्दर्भमा यस्ता किसिमका तालिम सुदूरपश्चिमका सबै क्षेत्रमा सञ्चालन गरिनुपर्ने उपप्रमुख चौधरीको भनाई छ ।
पालिकाले वडा नम्बर ८ मा रहेको जनप्रिय माध्यमिक वडा नम्बर ४ मा रहेको कालिका माध्यमिक र वडा नम्बर १ मा रहेको मालिका माध्यमिक विद्यालयमा गरी १५० किशोरीहरूलाई सहभागी गराई तालिम सुरु गरेको हो ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 14

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर