दोस्रो चरणको खोप २० दिन सञ्‍चालन हुने

अत्रिदेव खबर,१९फागुन
काठमाडौँ ः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फागुन २३ गतेदेखि कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोप लगाउने अभियान सुरु गर्ने भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पहिलो १० दिनमा ६५ वर्षमाथिका र त्यसपछिका १० दिन ५५ वर्षदेखि ६४ वर्ष उमेर समूहलाई खोप दिइने जानकारी दिए ।

उनले आफूलाई पायक पर्ने स्थानबाट खोप लिनसमेत आग्रह गरे । यसैगरी बुधबार सभामुख अग्निप्रसाद सापकोटा, पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलगायतले पनि कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाएका छन् ।

सरकारले भारत सरकारको अनुदानमा प्राप्त १० लाख मात्रा ‘कोभिशिल्ड’ पहिलो चरणको अभियानअन्तर्गत गत माघ १४ गतेदेखि सञ्‍चालन गरेर सम्पन्‍न भएको थियो । सो अवसरमा नेपालको कूल जनसङ्ख्याको १.४ प्रतिशतलाई खोप प्रदान गरिएको थियो । अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार र सरकारी कर्मचारीलगायत चार लाख २९ हजार ७०५ जनालाई खोप लगाएका थिए । दोस्रो चरणको खोप पनि ‘कोभिशिल्ड’ नै प्रदान गरिने छ । रासस

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 14

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर