न्यायमा पहुँच बढाउन गौरिगंगाका वडावडामा मेलमिलाप केन्द्र

अत्रीदेव खबर/१चैत
कैलाली : स्थानिय तहमा जनप्रतिनिधिहरु आएपछी बिकास निर्माणका कामहरुको आसा त जनताले गरेकै हुन्छन साथसाथै स्थानिय तहमा भएको न्यायपालिका बाट न्यायको आसा अपेक्षापनी ।
स्थानिय तहमा उपप्रमुख वा उपाध्यक्षको नेतृत्वमा रहने न्यायपालिकाबाट सोचेजस्तै न्याय पाउनुपर्छ भनेर कैलालीको गौरिगंगा नगरपालिका उपप्रमुख अहिले वडावडामा मेलमिलापकर्ता केन्द्र स्थापनामा जुटेकी छिन । आइतबारदेखि देखि जारी अभियान निरन्तर चल्ने उपप्रमुख अन्चला चौधरी बताउछिन ।

जनताले चुनेर पठाइसकेपछी कानुनले दिएको अधिकारको प्रयोग गर्दै जनतालाइ सेवा प्रदान गर्नु आफुहरुको प्रमुख दायित्व भएको र आफ्नो प्रमुख कर्तव्य न्यायपालिकाबाट न्याय सम्पादन गर्नु भएकोले सोही कामका लागि प्रत्यक वडामा मेलमिलापकर्ता केन्द्र स्थापनाका लागि अभियान चलाइरहेको चौधरी बताउछिन ।
आइतबार वडा नम्बर १० र ११ मा मेलमिलापकर्ता केन्द्र स्थापना गरेर सेवा प्रदान थालिएको र अब सबै वडामा केन्द्र स्थापना गरि काम अघि बढाइने गौरिगंगा नगरपालिकाका कानुन अधिकृत जयन्द्र ठकुल्लाले बताए ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 14

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर