कोरोनाबाट कैलालीमा थप दुईको मृत्यु

अत्रिदेव खबर,१६बैशाख
धनगढी, ः धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत थप दुई कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ ।
कोरोनाका कारण मृत्यु हुनेमा जिल्लाको लम्किचुहा नगरपालिका– २ का ३३ वर्षीय पुरुष र घोडाघोडी नगरपालिकाको –१० का ६० वर्षीय पुरुषको रहेको अस्पतालका सूचना अधिकारी दिलि श्रेष्ठले जानकारी दिनुभयो ।
सेती प्रादेशिक अस्पतालको आइसियुमा उपचाररत दुवै जनाको बिहीबार बिहान ११ बजेको समयमा मृत्यु भएको अस्पतालका सूचना अधिकार दिलीपकुमार श्रेष्ठले बताउनुभयो । उनीहरूमा निमोनियाको पनि सङ्क्रमण देखिएको थियो ।
यो सहित कोरोनाबाट बिहीबार मात्र मृत्यु हुनेको सङ्ख्या तिन पुगेको छ । यसअघि बिहीबार बिहान १२ बजेर ३० मिनेटमा धनगढी उपमहानगरपालिका–३ की ४५ बर्सिया महिलाको मृत्यु भएको थियो ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 14

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर