केन्द्रीय सरकारका दुई मन्त्री फिल्डमा खट्दा मुख्यमन्त्री किन अनुपस्थित ?

अत्रिदेव खबर\२१ बैशाख
धनगढी ः कैलालीको गेटामा निर्माणधिन मेडिकल कलेजमा अक्सिजन सहितको सुविधायुक्त आइसोलेशन कक्ष निर्माणका लागि नेपाल सरकारका सुदुरपश्चिम फोकल पर्सन बाणिज्य तथा आपुर्ति मन्त्रि लेखराज भट्ट र श्रम रोजगार तथा सामाजिक बिकास मन्त्रि गौरिशंकर चौधरी आज दिनभर फिल्डमै थिए तर कोरोनाले आक्रान्त सुदुरपसिश्चम प्रदेशका मुख्यमन्त्रि त्रिलोचन भट्ट आइसोलेशन निर्माण सम्बन्धी हरेक गतिबिधीमा अनुपस्थीत भइरहेका छन ।

मन्त्रि भट्टको बिशेष र अर्का मन्त्रि चौधरीको पहलमा गेटामा मंगलबारबाट आइसोलेशन निर्माणको काम शुरु भइसकेको छ । हुनत देशभरीनै हाम्रो सक्रियता हुनुपर्छ तर महामारीको बेला सबैतिर जानसक्ने अवस्था नहुदा आफ्नो प्रदेशमा सक्रियरुपमा कोरोना नियन्त्रण तथा जनताका समस्या समाधानमा लागिरहेको मन्त्रि चौधरीले अत्रिदेब खबरलाई बताए । साथै सबै नागरिकले आफ््नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्ने उनले बताए । नागरिकको स्वास्थ्य हाम्रो जिम्मेवारी हो तयसैले हामि लागिरहेका छौ मन्त्रि चौधरीले भने ।
यसअघि आइसोलेशन निर्माणका लागी बोलाइएको छलफलमा समेत मुख्यमन्त्रि भट्ट अनुपस्थित भएपछि तिव्र आलोचना भएको थियो तर मुख्यमन्त्रि भट्टले आफु अस्वस्थ भएकोले नगएको प्रतिक्रिया दिएका थिए ।

 

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 14

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर