कोरोना कहर ः एक महिनाको अवधिमा कैलालीमा एक सय उनान्नब्बे जनाको मृत्यु

प्रकाश मिश्र \२जेठ

धनगढी ः कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको दाश्रो लहरका कारण महामारी पछिल्लो समय ज्यान गुमाउनेहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । भारतसँग सिमाना जोडिएको सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला पनि दोस्रो लहरका कारण नराम्ररी प्रभावित बनेको छ ।
जिल्लामा आवश्यक मात्रामा अक्सिजनको पूर्ति नहुँदा मृत्यु हुने सङ्क्रमित बढेको देखिन्छ । कैलालीमा दोस्रो लहरको कोरोना सङ्क्रमणका कारण वैशाख १ देखी ३१ गतेसम्म महिला ३ हजार ३ सय७३ तथा पुरुष ७ हजार १ सय ६८ गरी जम्मा १० हजार ४ सय ४१ जनामा कोरोना सङ्क्रमण देखिएकोमा हालसम्म २ हजार ७४ महिला तथा ४हजार ८ सय ६३ पुरुष गरी ६ हजार ९ सय ३७ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् ।
१३ वटा स्थानीय तह रहेको कैलालीमा ३ वटा गाउँपालिका महोन्याल,चुरे र कैलारी बाहेकका र अन्य जिल्लाबाट रिफर गरी उपचारका लागी कैलाली आएका ३९ जना सहित कैलालीमा यस अवधिमा महिला ५८ र पुरुष १ सय ३१ गरी जम्मा १ सय ८९ जनाले ज्यान गुमाएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।
यस्तो छ पालिकागत तथ्याङ्क
दोस्रो रहरको सङ्क्रमणका कारण जिल्लाका एक महिनाको अवधिमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको तथ्याङ्क सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा छ । जहाँ २२ जना महिला र ३८ जना पुरुष गरी जम्मा ६० जनाले ज्यान गुमाएका छन् । जहाँ सङ्क्रमित पनि सबैभन्दा बढी नै छन् । यो अवधिको तथ्याङ्क हेर्दा धनगढी उपमहानगरपालिकामा १ हजार ६ सय २३ जना महिला,३ हजार २ सय १२ पुरुष गरी जम्मा ४ हजार ८ सय ३५ जना सङ्क्रमित भएकोमा हालसम्म १ हजार ६० महिला ,२ हजार ३ सय ३८ पुरुष गरी जम्मा ३ हजार ३ सय ९८ जना डिस्चार्ज भएका छन् ।
त्यस्तै गोदावरी नगरपालिकामा ८ जना महिला र २० जना पुरुष गरी जम्मा २८ जनाले ज्यान गुमाएका छन् । जहाँ सङ्क्रमित पनि धनगढी पछि सबैभन्दा बढी नै छन् । यो अवधिको तथ्याङ्क हेर्दा गोदावरी नगरपालिकामा ४ सय २८ जना महिला,१ हजार २५ पुरुष गरी जम्मा १ हजार ४ सय ५३ जना सङ्क्रमित भएकोमा हालसम्म ३ सय ५महिला ,७ सय ५६ पुरुष गरी जम्मा १ हजार ६१ जना डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।

जिल्लाकै गौरीगङ्गा नगरपालिकामा २ जना महिला र ६ जना पुरुष गरी जम्मा ८ जनाले ज्यान गुमाएका छन् । यो अवधिमा गौरीगङ्गा नगरपालिकामा १ सय १९ जना महिला,२ सय ९० पुरुष गरी जम्मा ४ सय ९ जना सङ्क्रमित भएकोमा हालसम्म ९६ महिला ,२ सय ४६ पुरुष गरी जम्मा ३ सय ४२ जना डिस्चार्ज भएका छन् भने जिल्लाकै घोडाघोडी नगरपालिकामा १ महिला र ५ पुरुष गरी ६ जनाले ज्यान गुमाएका छन् । यो अवधिमा घोडाघोडी नगरपालिकामा ७१ महिला १ सय ६५ पुरुष गरी २ सय ३६ जना सङ्क्रमित भएकोमा ६१ महिला,१ सय ५३ पुरुष गरी २ सय २२ डिस्चार्ज भएको जिल्ला दैविक प्रकोप व्यवस्थापन समिति कैलालीले जनाएको छ ।
कैलाली जिल्लाको दक्षिणपुर्वि टिकापुर नगरपालिकामा पनि मृत्यु हुनेको सङ्ख्या ४ महिला र १० पुरुष गरी १४ जना रहेकोमा हालसम्मको सङ्क्रमितको सङ्ख्या २ सय महिला ३ सय ७२ पुरुष गरी ५ सय ७२ रहेको छ भने यो अवधिमा टिकापुरमा रहेको टिकापुर अस्पतालबाट १ सय ६७ महिला ३ सय ४२ पुरुष गरी ५ सय ९ जना डिस्चार्ज भएको टिकापुर अस्पतालले बताएको छ । जिल्लाकै लम्किचुहा नगरपालिकामा पनि कोरोनाको दोस्रो भेरियन्ट सहितको कोरोना सङ्क्रमणबाट ३ महिला र ११ पुरुष गरी १४ जनाले ज्यान गुमाएको लम्की चुहा नगरपालिकाका प्रमुख महादेव बजगाईँले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्मको अवधिमा १ सय ३५ महिला ४ सय ५१ पुरुष गरी जम्मा ५ सय ८६ जनामा सङ्क्रमण देखिएकोमा ९० महिला ३ सय ६८ पुरुष गरी ४ सय ५८ जनाले कोरोना जितेका हुन ।

त्यसै गरी जिल्लाको भजनी नगरपालिकामा यो अवधिमा सङ्क्रमणबाट ज्यान गुमाउनेमा ३ महिला र ४ पुरुष गरी ७ जना रहेका छन् । भजनीमा यो अवधिमा ८१ महिला १ सय ३३ पुरुष गरी २ सय १४ जनामा सङ्क्रमण देखिएकोमा ५८ महिला र ९८ पुरुष गरी १ सय ५६ जना डिस्चार्ज भएका हुन । त्यस्तै जिल्लाको जानकी गाउँपालिकामा १ महिला र ३ पुरुष गरी ४ जनाको मृत्यु भएको मा यस अवधिसम्म ७४ महिला र १ सय ४९ पुरुष गरी २ सय २३ जना सङ्क्रमित भएकोमा ४८ जना महिला १ सय ९ जना पुरुष गरी १ सय ५७ जनाले कोरोना जितेका हुन । सङ्क्रमणकै कारण जिल्लाकै बर्दगोरिया गाउँपालिकामा ३ महिला र ५ पुरुष गरी ८ जनाले ज्यान गुमाएका हुन जहाँ महिला ४० र पुरुष ९४ गरी १ सय ३४ सङ्क्रमित गरी रहेकोमा ३३ महिला र ८१ पुरुष गरी १ सय १४ जना डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 14

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर