चुरेका पहिरो पीडितको बिजोग(फोटो फिचर)

प्रकाश मिश्र\२असार
चुरे ःकैलालीको चुरे गाउँपालिका र गौरीगङ्गा नगरपालिकाको सिमानामा पर्ने राष्ट्रिय बनको बिचमा त्रिपालले बेरेर बनाइएको घरमा आफ्नो चार वर्षीय छोरीलाई जाउलो खुवाइरहनु भएकी रुपा बुढा भोलि छोरीलाई के खुवाउने र आफूले के खाने भन्नेमा चिन्तामा हुनुहुन्थ्यो ।


जङ्गलको बिचमा त्रिपालै त्रिपालले ढाकिएको यो बस्तीमा पूजा बुढाको जस्तै करिब तिन सय घरपरिवार त्रिपालमुनि बसिरहेका छन् । चुरे गाउँपालिकाका विभिन्न वडाहरूबाट पहिरो पीडित भएर वासस्थानको खोजिगर्दै जङ्गललाई आफ्नो वासस्थान बनाएका उनीहरूको अवस्था अहिले दयनीय छ । त्रिपालमुनिको बसाइ आफैमा खतरापूर्ण छ त्यसैमा साना साना बालबालिकालाई जङ्गलमा रहेका किरा फ्टयागं्राबाट बचाउन उस्तै गाह्रो,खानेपानीको समस्या भएकाले नदीको धमिलो पानी पिउनुपर्ने बाध्यता अहिले चुरेका पहिरो पीडितको छ ।
पहिरोले आफ्नो छद खादाको घर खेत बगाएपछि घरबार विहीन भएकाहरू राज्यले आफूहरूलाई नागरिक सरह व्यवहार नगरेको भन्दै स्थानीय सरकार सहित तिनै तहका सरकारसँग आक्रोशित देखिन्थे । आफ्ना नागरिकहरूको घर खेत बगाएर उनीहरूको अवस्था दयनीय हुँदासम्म सबैभन्दा नजिकको सरकार स्थानीय सरकारले खासै पहल नगरेको चुरे गाउँपालिका–६ का रामकुमार बोहराको गुनासो छ । आफूहरू बाध्यताले जङ्गलको बिचमा त्रिपालमुनि बस्नु परेपनी सरोकारवाला निकायले आफूहरूको बारेमा ध्यान नदिएको उहाँको गुनासो छ ।


कैलालीको पहाडी क्षेत्र चुरे गाउँपालिकामा रहेको आफ्नो १५ रोपनी जग्गा र घर पहिरोले बगाई दिएपछि सुकुम्वासी भई वासस्थानको खोजीमा गाउँका अरूसँगै जङ्गलमा आएको तर यहाँ बसेर बाचिएला जस्तो नलागेको गाउँपालिका–६ का ६५वर्षीय खडक बोहराले दुखेसो गरे । आफ्नी श्रीमती सँगै जङ्गलको बास बसिरहनुभएका बोहरा आफूसँग रहेको अन्न सकिसकेको तथा कसैले खानका लागी केही सहयोग नगरे भोक भोकै जङ्गलमै मर्नुपर्ने बाध्यता रहेको भन्दै भक्कानिनुभयो ।
त्रिपालबाट बनाएको आफ्नो घरमा पानी चुहिरहेको अवस्थामा भान्सामा जङ्गलबाट टिपेर ल्याएको निगुरो र खोले जस्तै पातलो चामलको परिकार बनाइरहनुभएकी पहिरोले घरबार बगाएर जङ्गलमै पुग्नुभएका चुरे गाउँपालिका–५ का ललिता रोका मगरले चामल थोरै भएका कारण पातलो माड जस्तो परिकार बनाए अलि धेरै दिन पुग्ने भएकोले बालबच्चाले अलि दिन खालान् भनेर यसरी बनाएको बताउनुभयो । पहिरोले भएको सबै लगेपछि गाउँका मानिस जता जान्छन् त्यतै यी छोराछोरी बोकेर हिँडेको छु । जबसम्म सास रहन्छ तबसम्म आस रहन्छ भन्ने हुदोरहेछ त्यसैले यो विशाल जङ्गलमा त्रिपालमुनि बालबच्चा सँगै गुजारा गर्न लागे पनि घरमा अन्नको दान सकिएपछि के गर्ने भनेर चिन्तित छु भन्नुहुन्छ रोका मगर ।

गतबर्ष देखी उक्त राष्ट्रिय बनमा आफ्नो वासस्थान बनाएका पहिरो पीडितहरू राज्यले सुरक्षित वासस्थानको व्यवस्था गरिदिनुपर्ने बताउँछन् । घरबार विहीन भएर जङ्गलको सरणमा पुगेका आफ्ना नागरिकहरूलाई धेरै गर्न नसकेपनी एक गेडो अन्न नभएका आफूहरूलाई खाद्यान्नको व्यवस्था गर्दिनुपर्नेमा जनप्रतिनिजधिहरुले वास्तै नगरेको पहिरो पीडित भविसरा बोहराको गुनासो छ । जङ्गलमा छिरेपछि जता त्यतै देखिने त्रिपालका टहराहरूमा प्रत्येक जसो घरमा साना साना बालबालिका रहेकोमा कमसेकम उनीहरूका लागी भएपनी राज्यले खाद्यान्नको व्यवस्था गरिदिनुपर्ने बोहराको भनाई छ ।

जंगलभित्रको बस्तीका केही तस्विरहरु

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 52

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर