देशभर बदली र वर्षा, दिनभर कहाँ कस्तो रहला मौसम ?

केही दिनदेखि जारी झरी आइतबार पनि कायम रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनी वायुको प्रभावले गर्दा देशभर बदली तथा वर्षाको क्रम जारी छ ।

विशेष गरि तराईका क्षेत्रमा लगातार पानी परिरहेको छ । मनसुनको न्यून चापिय रेखा तराई भू–भाग नजिक रहेको छ ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आइतबार दिउँसो देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी सम्भावना छ।

यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यसैबिच पहाडी भू–भागमा भू(क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

कुनै समाचार उपलब्ध छैन

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर