नियुक्त नै नभएका शिक्षकलाई तलब

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले नियुक्त नै नभएका शिक्षकलाई तलब निकासा गरेको पाइएको छ ।

महालेखापरीक्षकको कार्यालयको ५८औँ वार्षिक प्रतिवेदनअनुसार गाउँपालिकाले सरस्वती माध्यमिक विद्यालय र छातेढुङ्गा माध्यमिक विद्यालयमा शिक्षक नियुक्त नगरी तलब निकासा गरेको हो ।

२०७६ असार माध्यमिक तह सञ्चालन अनुमति प्राप्त गरेपनि दरबन्दी स्वीकृत नभएको विद्यालयलाई गणित, विज्ञान र अंग्रेजी विषयका शिक्षकका लागि गाउँपालिकाले तलब बापतको रकम निकासा गरेको हो ।

ती विद्यालयमा सम्बन्धीत विषय शिक्षक नियुक्त नभएको तर, गाउँपालिकाले भने प्रति विद्यालय तीन लाख ६६ हजारका दरले सात लाख ३२ हजार रुपैयाँ रकम निकासा गरेको पाइएको छ ।

उक्त रकम असुलर गर्नुपर्ने पनि महालेखा प्रतिवेदनले औंल्याएको छ । नियुक्ति नपाएका शिक्षकका लागि रकम निकासा भएको विषयमा आफूलाई कुनै जानकारी नभएको आठराई त्रिवेणी गाउँपालिका शिक्षा शाखा प्रमुख सीतादेवी लावतीले बताइन् । न्युज कारखाना बाट साभार गरिएको।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर