सहरा घरमा कोसेली बोकेर पुगे गिरि परिवार

बौनिया/८माघ
हिन्दु धर्ममा माघ महिनालाइ धर्मकर्म गर्ने महिनाको रुपमा हेरिन्छ साथै माघमा चेलिबेटिलाई घरमा पकवान बनाएर लैजाने चलन पनि छ ।
माघ महिनामा सबैले आफ्ना चेलीबेटीलाई विभिन्न परिकारहरु जस्तै सेलरोटी ,पुरी ,अचार लगायतका पुर्याउने गरेको भएतापनी शनिबार भने फरक दृश्य देखिएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका-२ मा रहेको सहारा घरमा गौरिगंगा नगरपालिका-८ का युबा समाजसेवी तथा नेकपा एमालेका युबा नेता दिपेन्द्र गिरिको परिवार माघ महिनाको कोसेली बोकेर पुगेको हो ।
घरमै बनाएको सेलरोटी,पुरी,हलुवा,लड्डु,अचार तथा चामल,दाल,नुन तेल साग लगायतका खाधान्न बोकेर सहारा घर पुगेका दिपेन्द्र गिरिले आफुहरुपनि बेसहाराको सहरा बन्न थोरैभएपनी सहयोग गरौ भन्ने भएर आएको बताए । आफुले ल्याएको परिकार खाएपछी यहाँ बस्नुभएका मानसिक सन्तुलन गुमाउनुभएका चेलिबेटी तथा अन्य आश्रय लिइरहनुभएका ब्यक्तिको मुहारमा देखिएको खुशिले मनमा शान्ती मिलेको बताए ।

जिबनसाथी पबित्रा र छोरी भावना गिरि संगै सहारा घरमा आएका दिपेन्द्रले सहारा घरमा सबैले सहयोग गर्न आवश्यक रहेको बताए । साथै बेसहाराहरुलाइ सहयोग गर्न पाउँदा निकै खुशी लागेको उनको भनाइ छ ।
सहरा घरका संचालक बल बहादुर बिष्टले सहरा घरमा यस किसिमको सेवा पहिलोपटक भएको भन्दै खुशी ब्यक्त गरे । माघ महिनामा घरपरिवार सम्झेर आफैले विभिन्न परिकार बनाएर सेवा गर्न आएको देखेर निक्कै खुशी लागेको उनको भनाइ छ ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 52

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर