एमालेका मागमा प्रधानमन्त्री लचिलो, गगन भन्छन्- अब गठबन्धन अघि जान नसक्ने भयो

अत्रीदेव खबर/१२ फागुन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेलाई संसदभित्र आएर भाग लिने वातावरण बनाउन आफू सबै उपायमा छलफल गर्न तयार रहेको बताएका छन् ।

कांग्रेस र एमालेका शीर्ष नेताहरूबीचको छलफलमा प्रधानमन्त्रीले एमालेका माग सम्बोधन गरेर सदन सञ्चालन गर्न आवश्यक सहयोग गर्ने कुरा राखेको बैठकपछि कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए ।

आजै साँझ साढे ७ बजे प्रधानमन्त्री देउवा र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीबीच फेरि वार्ता हुने उनले बताए । थापाकाअनुसार एमसीसी अनुमोदन गर्ने विषय अब नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको विश्वसनियतामा गाँसिएकाले गठबन्धन सरकार के होला भन्ने चिन्ता नरहेको प्रधानमन्त्रीले बताए  ।

एमालेका मागमा प्रधानमन्त्री लचिलो, गगन भन्छन्- अब गठबन्धन अघि जान नसक्ने भयो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेलाई संसदभित्र आएर भाग लिने वातावरण बनाउन आफू सबै उपायमा छलफल गर्न तयार रहेको बताएका छन् ।

कांग्रेस र एमालेका शीर्ष नेताहरूबीचको छलफलमा प्रधानमन्त्रीले एमालेका माग सम्बोधन गरेर सदन सञ्चालन गर्न आवश्यक सहयोग गर्ने कुरा राखेको बैठकपछि कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए ।

आजै साँझ साढे ७ बजे प्रधानमन्त्री देउवा र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीबीच फेरि वार्ता हुने उनले बताए । थापाकाअनुसार एमसीसी अनुमोदन गर्ने विषय अब नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको विश्वसनियतामा गाँसिएकाले गठबन्धन सरकार के होला भन्ने चिन्ता नरहेको प्रधानमन्त्रीले बताएका छन् ।

थापाले भने, ‘सबै प्रबन्धमा कुराकानी गरौं । सदनमा आएर एमालेलाई छलफल गर्ने वातावरण बनाउन के गर्नु पर्ने हो सबै विकल्पमाथि छलफल गरौं भन्नुभयो प्रधानमन्त्रीले । आजै साँझ उहाँहरू दुईजनाको वार्ता हुन्छ । अब सरकार रहने कि नरहने, अंकगणित के हुने भन्दा पनि हाम्रो अन्तर्राष्ट्रिय विश्वसनियताको कुरा भइसक्यो भन्ने उहाँको धारणा हो ।’

थापाले अब अहिलेको सत्ता गठबन्धन धरापमा परिसकेको र यो अघि बढ्ने अवस्था नरहेको बताए ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 24

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर