घोडाघोडीमा मतगणना सुरु

कैलालीको घोडाघोडी नगरपालिकामा मतगणना सुरु भएको छ । यहाँ १२ वडा रहेका छन् । दुई वडाको एकै साथ मतगणना गर्ने तयारी भइरहेको छ । पहिलो चरणमा वडा नम्बर १ र १२ मा मतगणना हुने भएको छ । यहाँ प्रमुखमा एमालेबाट ममता प्रसाद चौधरी, गठबन्धनबाट एकीकृत समाजवादीका खडक रावत र राप्रपाबाट नीरज मल्ल बिच प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

उपप्रमुखमा एमालेबाट करुणा बम बटाला र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी गुलिया चौधरी बिच प्रतिस्पर्धा हुने आकलन गरिएको छ । यहाँ ५२ हजार ४० मतदाता रहेकोमा ३३ हजार ६४९ मत खसेको छ ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 24

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर