बाबुरामको गृहनगर पालुङटारको मेयरमा जसपा अगाडि

गोरखाको पालुङटार नगरपालिकामा जनता समाजवादी पार्टीका मेयर उम्मेदवार अगाडि छन्।

 

यहाँ जसपा र नेकपा एमालेले चुनावी तालमेल गरेका थिए।

जसपाका मेयर उम्मेदवारले अहिलेसम्म २५५ मत ल्याएका छन्।

 

यहाँ नेपाली कांग्रेसका मेयर उम्मेदवारले १९१ र नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवारले १६४ मत ल्याएका छन्।

उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवारले १८८ र नेकपा माओवादी केन्द्रका उम्मेदवारले १६९ तथा नेकपा एमालेको उम्मेदवारले ६२ मत ल्याएका छन्।

 

पालुङटार जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको गृहनगर हो।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर