अर्थमन्त्रीको शपथ लिदै जनार्दन शर्मा

अत्रिदेव खबर\१५साउन
जनार्दन शर्माले आइतवार साँझ साढे ५ बजे अर्थमन्त्रीको शपथ लिने भएका छन । शीतल निवासमा साँझ साढे ५ बजेका लागि शपथको समय तोकिएको स्रोतले  जानकारी दियो ।

प्रतिनिधि सभाका सदस्यसमेत रहेका शर्मालाई अर्थमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गरिएको र आजै शपथ हुने बालुवाटार स्रोतले बतायो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवालाई बिहान भेटगरी आफूहरूको भागमा रहेको अर्थ मन्त्रालयमा शर्मालाई सिफारिस गरेका थिए ।

बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति सहभागी गराएको आरोप लागेपछि शर्माले असार २२ गते अर्थमन्त्री पदबाट राजीनामा गरेका थिए ।

संसदीय छानविन समितिले निर्दोष ठह¥याएपछि शर्मा अर्थ मन्त्रालयमा फर्किन लागेका हुन् ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 14

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर