जनार्दन शर्मा अर्थमन्त्री नियुक्त, शपथ साढे ५ बजे

अत्रिदेव खबर,१५साउन
राष्ट्रपति विद्यादेवी भण्डारीले जनार्दन शर्मालाई अर्थमन्त्री नियुक्त गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाकाे सिफारिसमा राष्ट्रपति भण्डारीले आइतवार शर्मालाई अर्थमन्त्री पदमा नियुक्त गरेकी हुन् ।

शर्मालाई मन्त्री पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा मिति २०७८-३-२९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा श्री जनार्दन शर्मालाई मन्त्री पदमा नियुक्त गरी हाल सम्माननीय प्रधानमन्त्रीज्यूले सम्हाली आउनुभएको अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्ति एवं कार्यभार तोक्नु भएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नवनियुक्त मन्त्री शर्माको शपथ ग्रहण कार्यक्रम आजै साँझ साढे ५ बजे तय गरिएको छ । उनकाे शपथ कार्यक्रम राष्ट्रपति कार्यालय शीतलनिवासमा हुनेछ ।

त्यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्माको नाम बुझाएका थिए ।

बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति सहभागी भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध गरेपछि प्रतिनिधि सभाले संसदीय समिति गठन गरेको थियो । बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति सहभागी नभेटिएको निष्कर्षसहित समितिले शुक्रवार प्रतिनिधि सभा बैठकमा पेश गरेको थियो ।

‘जुन आरोप लागेर उहाँले राजीनामा गर्नुभएको थियो, संसदीय समितिले सफाइ दिएपछि उहाँलाई नै मन्त्री बनाउनु पर्छ भन्ने पार्टीको निर्णय हो’ प्रचण्ड निकट स्रोतले  भन्यो, ‘जनप्रिय बजेट ल्याएकोले कार्यान्वयनको जिम्मा पनि उहाँलाई नै दिनुपर्छ भनेर सिफारिस गरिएको हो ।’

 

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 14

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर