उद्दार र राहतमा खटिन आफ्ना कार्यकर्तालाई माओवादीको निर्देशन

अत्रीदेव खबर/कैलाली
नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिले बाढीपहिरो प्रभावित क्षेत्रमा उद्दार र राहत कार्यमा खटिन आफ्नो पार्टी पंक्ति, जनवर्गीय मोर्चा र भातृ संगठनहरुलाई निर्देशन दिएको छ ।
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीले विज्ञप्ति जारी गर्दै आफ्नो युवा संगठन वाइसीएल, जवस मोर्चालगायत पार्टी पंक्तिलाई बाढीपहिरो पीडितको उद्दार र राहत वितरण कार्यमा खटिन निर्देशन दिएको हो ।
विपद प्रभावित जिल्लामा वेपत्ताको खोजी तथा उद्दार कार्य र विस्थापितलाई राहत तथा पुनस्र्थापनाका कार्यलाई प्रभावकारी बनाउन माओवादीले सरकारलाई आग्रहसमेत गरेको छ । माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरिराम चौधरी उत्सवले आइतबार विज्ञप्ति जारी गर्दै बेपत्ताको खोजी गर्न, उद्दार कार्यलाई तदारुकताका साथ अगाडि बढाउन, घाइतेहरुको उपचारको उचित व्यवस्था गर्न तथा प्रभावितलाई राहत र पुनस्र्थापना गर्न प्रदेश सरकारसँग माग गरेका छन् ।
माओवादीले बाढी, पहिरो र डुवानमा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । सुदूरपश्चिममा बाढीपहिरोबाट सबैभन्दा ठूलो मानवीय क्षति अछाममा भएको छ । बाढीपहिरोमा परेर अछाममा २२ जनाले ज्यान गुमाएका छन् ।
कैलाली, कञ्चनपुरमा नदी कटान र डुवानले सयौँ परिवार विस्थापित भएका छन् । भौतिक संरचना, पशुचौपाया, बालिनालीमा समेत बाढीपहिरो, डुवान र कटानले ठूलो क्षति पुगेको छ ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 14

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर