घोडाघोडी मन्दिरको पाकिङ्ग स्थलबाट मदिरा बरामद

कैलालीको धार्मिक तथा पर्यटकीय क्षेत्र घोडाघोडी मन्दिरको पाकिङ्ग स्थलका बाट मदिरा बरामद गरीएको छ । मन्दिरको पाकिङ्ग स्थलमा निमार्ण गरिएका खाजा तथा नास्ता पसलमा छड्के अनुगमन गर्दा केही पसलहरु बाट घरेलु तथा अन्य मदिरा बरामद गरीएको हो ।

घोडाघोडी मन्दिर परिसरमा सरसफाइ र वृक्षारोपण कार्यक्रम गर्दा पाकिङ्ग स्थलमा निमार्ण गरिएका खाजा तथा नास्ता पसलहरूको पछाडि पट्टी मदिराका बोतल भेटिए पछि प्रत्येक पसलहरू छड्के अनुगमन गरीएको थियो । (डिएसपी) लक्ष्मण बहादुर शाहीको निर्देशनमा पसलहरूको छड्के अनुगमन गर्दा केही पसलहरु बाट १० लिटर घरेलु मदिरा र विभिन्न किसिमका रक्सी तथा विययहरु बरामद गरीएको थियो ।

घरेलु मदिरा सरोकारवालाहरूको उपस्थितिमा त्यही नष्ट गरीएको थियो । अन्य रक्सी तथा बियरहरू आवश्यक कारबाहीको लागी अन्तर शुल्क कार्यालय धनगढी पठाइएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) लक्ष्मण बहादुर शाहीले जानकारी दिनु भयो । घोडाघोडी मन्दिरको पाकिङ्ग स्थलका पसलहरूलाई पहिलो पटक सम्झाई बुझाई छोडिएको अर्को पटक भेटिएमा आवश्यक कारबाही गर्ने उहाँले बताउनु भयो ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 53

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर