समानुपातिकमा युवालाई जोड दिएका छौं : वर्षमान पुन

३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिक सूचीमा युवाहरुको धेरै नाम समावेश गरेको बताएको छ ।

समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेका माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफूहरुले उमेरगत रुपमा पनि समानुपातिक रुपमा उम्मेदवार छनोट गरेको बताए ।

‘हाम्रो पार्टीले युवाहरुलाई धेरै जोड गरेको छ, युवाहरु धेरै हुने गरी (बन्दसूची) प्रस्तुत गरेका छौं,’ उनले भने, ‘सबै निर्वाचन प्रक्रिया पूरा गरेर सार्वजनिक गरेपछि आम मतदातालाई लाग्ने छ कि माओवादी पार्टीले नयाँ ढंगले युवाहरुलाई प्रस्तुत गरेको छ ।’

पुनले सूचीमा यसअघिका समानुपातिक सांसद, स्थानीय तहमा निर्वाचन हारेकालाई नराखेको बताए ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 14

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर