संविधान दिवसको अवसरमा घोडाघोडीमा दीप प्रज्वलन

अत्रिदेव खबर\३ असोज
सुखड\ विभिन्न कार्यक्रम गरी आज देशभर संविधान दिवस मनाइएको छ । लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ जारी भएको ऐतिहासिक दिनको उपलक्ष्यमा घोडाघोडी नगरपालिकाले पनी बिभिन्न कार्यक्रम गरी संबिधान दिवस मनाएको हो ।
आज बिहान घोडाघोडी मन्दिर परिसरमा सरसफाइ गरेको पालिकाको आयोजनामा सुखड बजारमा पनि दीप प्रज्वलन गरी संविधान दिवस मनाइएको हो । कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिकाका प्रमुख खडक बहादुर रावतलेविश्वको उत्कृष्ट संविधान नेपालको रहेको उनले बताए ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्था सबै भन्दा उत्कृष्ट शासन व्यवस्था रहेको उनको भनाई रहेको छ । उनले यो संविधानले सबै जनताको अधिकारलाई स्थापित गरेकाले यसलाई बचाइ राख्नुपर्ने बताए । कार्यक्रममा घोडाघोडी नगरपालिकाका उप प्रमुख, निमित्त प्रमुख प्रशासकीय अधिकृत, नगरपालिकाका कर्मचारीहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रतिनिधि, समाजसेवी, व्यापारी, लगायतको उपस्थिति रहेको थियो ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर