संवैधानिक परिषदसम्‍बन्धी अध्यादेश जारी, परिषद्को बैठक सफल बनाउने बाटो खुला

 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७’ जारी गरेकी हुन् ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संवैधानिक परिषद्‍को बैठकमा प्रतिनिधिसभाका सभामुख नगएपछि मंगलबार बिहान ९ बजे बोलाइएको परिषद् बैठक स्थगित भएको थियो । त्यसलगत्तै मन्त्रिपरिषद् बैठक बसेको थियो ।

बालुवाटारमा बसेको उक्त बैठकले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी ऐनको दफा ६ को उपदफा ३ लाई संशोधन गर्ने गरी अध्यादेश सिफारिस गरेको सरकारनिकट स्रोतले जनाएको छ । जसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै जारी गरेकी हुन् ।

प्रधानमन्त्री अध्यक्ष रहने परिषद्मा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ ।

अध्यादेश जारी भएपछि संवैधानिक परिषदका बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्ने छ । यसअघि परिषद् अध्यक्ष र ४ जना सदस्य उपस्थित भएमात्र बैठकका लागि गणपूरक संख्या पुगेको मानिने व्यवस्था थियो ।

परिषदका सदस्यमध्ये हाल उपसभामुख पद रिक्त छ । यो अवस्थामा बाँकी सबै सदस्य उपस्थित भएमात्र बैठकका लागि गणपूरक संख्या पुग्ने थियो । – दैनिक नेपालबाट

 

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 65

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर