श्रम मन्त्री र कतारका राजदूत बिच भेटवार्ता ः नेपालमा कतारी लगानी भित्राउने विषयमा छलफल

अत्रिदेव खबर/१९फागुन
काठमाडौँ ः श्रम रोजगार तथा सामाजिक मन्त्री गौरीशङ्कर चौधरी र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हल बिच भेटवार्ता भएको छ ।

सिंहदरबार स्थित मन्त्रालयमा भएको भेटवार्तामा कतारमा रहेका नेपाली श्रमिकहरूको अवस्थाका बारेमा मन्त्री चौधरीले चासो दिनुका साथै कतारमा जि टु जि मार्फत सेक्युरिटी गार्ड लैजाने विषयमा छलफल भएको मन्त्री चौधरीका मुख्य स्वकीय सचिव खडक चौधरीले जानकारी दिए ।


भेटवार्तामा कतारका तर्फबाट नेपालको कृषि ,पर्यटन तथा औद्योगिक क्षेत्रमा लगानी भित्राउने वातावरणका विषयमा समेत छलफल भएको र त्यस बिस सयमा कतार सरकार सकारात्मक रहेको राजदूत अल हलले बताएको श्रम मन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 12

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर