सुदुरपश्चिममा तल्लो स्तरको राजनीतिक व्यवहार

अत्रीदेव खबर/२६ फागुन
नेकपाको बिबाद सर्बोच्च अदालतको निर्णय सँगै टुंगोमा लागेपछी अहिले एमाले र माओबादी केन्द्र आफ्नो पुरानै अवस्थामा फर्किएका छन ।

प्रचण्ड खेमामा रहेको माधब-झलनाथ लगायतको पुर्ब एमालेको टिमले एमाले भित्रै रहेर अन्तर संघर्ष गर्ने निर्णय गरेर एमालेमै फर्किसकेको अवस्थामा सुदुदुरपश्चिममा बुधबार भने माधब नेपाल र केपि ओलि समर्थक बिच प्रदेश इन्चार्ज भिम रावल कि लेखराज भट्ट भन्ने बिसयमा पार्टि कार्यलयमा बोर्ड राख्ने क्रममा झडपको स्थिती समेत आयो र पार्टी कार्यलयलाइ प्रहरीले पहरा दिनुपर्यो ।

यस्ता झडप र हात हालाहालका गतिबिधी राजनितिमा हुँदै आएका भएपनी बुधबार तल्लो स्तरको राजनितिक नमुना सुदुरपश्चिमको धनगढीमा देखियो । केपि ओलिका समर्थक हरुले एमाले सुदुरपश्चिम इन्चार्ज लेखराज भट्टको साइनबोर्ड र नेकपा एमालेको बोर्ड पार्टी कार्यलयमा लगाएर निस्किए लगत्तै धनगढीमा हिडिरहेको कुकुरको घाटीमा लेखराज भट्ट प्रदेश इन्चार्ज लेखिएको  नाम प्लेट झुन्डिएको अवस्थामा भेटियो र त्यो तस्बिर दिनभर सामाजिक संजालमा भाइरल भयो ।

धनगढीका पत्रका प्रदिप पाठकले राजनितिमा यस्तो हर्कत गर्नेहरु महापशु भएको भन्दै आक्रोस गरे ।

त्यस्तै गौरिगंगा नगरपालिका-९का वडा अध्यक्ष हरि प्रसाद तिवारीले राजनितिमा आफ्नो आस्था हुन्छ तर यस्ता किसिमका कृयाकलाप असोभनिय भएको भन्दै सामाजिक संजाल फेसबुकमा यस्ता हर्कत नगर्न आग्रह गरे । 

सुदुरपश्चिमका सामाजिक संजाल प्रयोगकर्ताहरुले दिनभर जसो त्यो तस्बिर प्रयोग गर्दै राजनितिमा यतिसम्म गिर्न नहुने भन्दै बिरोध गरे । तर साझपख भिम रावलको नाम प्लेट सुँघुरको घाटिमा टाँगिको तस्बिर सामाजिक संजालमा आएपछी भने सुदुरपश्चिममा घृणित राजनितीको यो तल्लो तहको तरिका भएको भन्दै दुबै गुटलाइ यस्तो नगर्न भन्दै स्टाटस हरु आएका हुन ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 14

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर