गेटामा प्रदेशले जनशक्ति व्यवस्थापन गर्ने

अत्रिदेव खबर\४जेठ
सुखड ःकोरोना महामारीमा केन्द्र सरकारसँग समन्वय नगरेको र आफूले पनि कोरोना रोकथामका लागी केही नगरेको आरोप खेपेको सुदूरपश्चिम प्रदेश सरकारले अब भने कोरोना बिरामीका लागि कैलालीको गेटामा निर्माणाधीन होल्डिङ सेन्टर र आइसोलेशनका लागि सहयोग गर्ने भएको छ ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले त्यहाँ आवश्यक जनशक्ति करारमा भर्ना गर्ने भएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले २० जना स्वास्थ्यकर्मीलाई त्यहाँ खटाउने निर्णय भएको मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख डा. जगदीश जोशीले जानकारी दिए । डा. जोशीका अनुसार २० जना जनशक्ति व्यवस्थापनका लागि बजेट पनि मन्त्रालयले व्यवस्थापन गर्नेछ ।

केन्द्र सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री तथा सरकारले कोरोना रोकथामका लागि सुदूरपश्चिमका निम्ति तोकेका फोकल पर्सन लेखराज भट्टको अगुवाइ तथा धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको व्यवस्थापनमा कैलालीको गेटामा निर्माणाधीन आइसोलेशन सेन्टरमा प्रदेश सरकारले हात झिकेको भनी तीव्र आलोचना भएको थियो ।

प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्ण सुवेदीले जनताको जीवन रक्षा गर्ने कुरामा प्रदेश सरकारले कुनै किसिमको राजनीति नगरेको बताउँदै आएका थिए । केन्द्र र प्रदेश सरकारबीच समन्वय नहुँदा गेटामा निर्माणाधीन होल्डिङ सेन्टर र आइसोलेशनको काम अलपत्र पर्दै आएको थियो ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 14

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर