थप ६ जना कोरोना संक्रमितको मृत्यु

अत्रिदेव खबर\४जेठ
धनगढी ः कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना कोरोनना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका २ का ५८ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका १ का ८० वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका १७ की ३५ वर्षीया महिला रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले बताए ।

यस्तै जोशिपुर गाउँपालिका ५ की २९ वर्षीया महिला, कञ्चनपुरको कृष्णपुर नगरपालिका ७ का ३२ वर्षीय पुरुष, डोटीको दिपायल शिलगढी नगरपालिका वडा नम्बर ६ का ६१ वर्षीय पुरुषको मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ५०९ जनाको नमुना परिक्षण गर्दा थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि श्रेष्ठले जानकारी दिए ।

धनगढीका मात्रै १८५ जना, धनगढी बाहेक कैलालीका ८१ जना, अन्य जिल्लाका ३७ जना गरि ३०३ जनाको संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 2

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर