घोडाघोडीको कमसल रिङ्गरोडको तिब्र बिरोध,निर्माण कम्पनिले सडक फेरि बनाउनुपर्ने नबनाए कालोसुचिमा राख्न सिफारिस गरिने

प्रकाश मिश्र /२० जेठ
कैलालीको घोडाघोडी नगरपालिकाको वडा नम्बर १ मा निर्माण भइरहेको रिङ्गरोडको काममा मापदण्ड अनुसार काम नभएको पाइएको छ।

योजना आयोगको बजेटमा घोडाघोडी नगरपालिकाद्वारा बोलपत्र आवहान गरिएको पहिलो फेजमा ३ किलोमिटर ५ सय मिटरको १ करोड ५६ लाखको लागतमा नारायणम रेखा जिबि निर्माण कम्पनिले निर्माण गरिरहेको कालोपत्रेमा कमसल निर्माण सामग्री प्रयोग गरेको पाइएको हो ।

घोडाघोडी नगरपालिकाका इन्जिनियर नवीन मल्लले सडकको सब बेस र बेसको काम राम्रो रहेपनी कालोपत्रे गर्दा माथिबाट प्रयोग हुने जिरा गिट्टि ४.७५ एमएमको प्रयोग गर्नुपर्नेमा त्यसो नगरी ठुलो गिट्टिको प्रयोग गरेको पाइएपछी आफुहरुले कमसल सामग्री प्रयोग गरि बनाएको कालोपत्रे फेरि बनाउन भनिसकेको र त्यसो नगरे कारबाहिको लागि सिफारिस गरिने बताउनुभयो ।

निर्माण कम्पनिले २ सय मिटर आफुहरुले भनेको नमानिकन कमसल सामग्री प्रयोग गरेकाले उनिहरुलाइ चेतावनी दिइसकेको र काम सुरुबाट नगरे त्यसभन्दा अगाडीको कुनै भुक्तानी नगरिने साथै कमजोर सडक पुनः नबनाए कालोसुचिमा राख्नका लागि सिफारिस गरिने मल्लले बताउनुभयो ।

घोडाघोडी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र बहादुर सिंहले राज्यको लगानिमा कमजोर संरचना निर्माण गर्न नपाइने र त्यस्तो गरेकालाइ कानुन बमोजिम कारबाही गरिने बताउनुभयो । मापदण्ड अनुसार काम नगरी गुणस्तरहिन सडक बनाउने निर्माण कम्पनिलाइ फेरिपनी मापदण्डअनुसार गुणस्तरीय सडक बनाउन भनिएको र त्यसो नगरे कालोसुचिमा राखेर कारबाही गरिने सिंहले बताउनुभयो ।

यस बिसयमा बुझन निर्माण कम्पनिका प्रबन्धक जनक शाहिलाइ सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन ।

 

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 14

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर