घोडाघोडीको कमसल रिङ्गरोड प्रकरण ः ब्यापक जनबिरोध पछी कामचलाउ मर्मत

 

प्रकाश मिश्र\२२जेठ
ब्यापक जनबिरोधपछी घोडाघोडी नगरपालिकामा निर्माण भइरहेको रिङ्गरोड सडकमा कालोपत्रे गर्दा कमसल निर्माण सामग्री प्रयोग भएको जनस्तरबाट व्यापक जन गुनासो आएपछि निर्माण कम्पनीले झारो टार्नेगरी कालोपत्रे माथि अलकत्रा र भुटेको बालुवा हालेर(स्यानसिल) मर्मत गरेको छ ।
स्थानियको ब्यापक जनबिरोध र बिभिन्न मिडियामा खबर आएपछी घोडाघोडी नगरपालिकाको टोलीले सडकको अनुगमन गरेको अनुगमनको क्रममा कमसल सामग्री प्रयोग गरेर गुणस्तरहीन कालोपत्रे सडक बनाएको पाएपछि घोडाघोडी नगरपालिकाले नारायणम रेखा जेवी निर्माण सेवालाई कमजोर सडक पुनः नबनाए कालो सूचिमा राख्न सिफारीस लगायत कानुनी कारबाही गर्ने निर्देशन दिएको थियो ।
यसरी कालोपत्रे सडकमा अलकत्रा र भुटेको बालुवा जसलाई स्यानसिल भनिन्छ त्यसो गर्दा देखिएका गिट्टीहरू चप्किने र जमेर बस्ने हुँदा सडक मजबुत हुने बताइएपनी सडक निर्माण भइरहेको ठाउँमा कालोपत्रे नमिलेको, राम्रो नभएको, अलकत्रा कतै धेरै त कतै थोरै हालेको, खुट्टाले कोट्याए जमिन देखिने समस्या आएपछी पालिकाले अनुगमन गरेको हो ।
सडकको सबबेस र बेसको काम राम्रो रहेपनि कालोपत्रे गर्दा माथिबाट प्रयोग हुने जिरा गिट्टी ४.७५ एमएमको प्रयोग गर्नुपर्नेमा त्यसो नगरी ठुलो गिट्टीको प्रयोग गरेको हुँदा यस्तो समस्या देखा परेको भएपनी खासमा त्याहा प्रयोग भएको बिटुमिन अर्थात अलकत्राको क्वालिटी कमजोर भएको प्रचरम्भिक अनुमान गरीएको र अलकत्राको क्वालिटी कमजोर भएको नभएको बारे प्रमाणित गर्न धनगढी उपमहानगरपालिकाको ल्यावमा परिक्षणका लागी पठाउन लागिएको नगरपालिका इन्जिनियर सन्तोष चन्दले बताए ।
अहिले स्यानसिल गरेपनी अलकत्रा परिक्षण पश्चात क्वालिटी कमजोर देखिए जुन हिसावमा कालोपत्रे बिग्रीएको छ त्यसमा माथीबाट यस किसिमको मर्मत नभई धेरै बिग्रएको २ सय मिटर क्षेत्रमा जिरा गिट्टी हालेर फेरी कालोपत्रे गर्नुपर्ने अवस्था रहेको चन्द बताउछन् ।
करिब १७ किलोमिटर लम्बाइ रहेको रिङ्गरोडको पहिलो चरण अन्तरगत ३.५६ किलोमिटर सडक कालोपत्रे गर्ने काम भइरहेको छ । सडक कालोपत्रे गर्नको लागी नारायणम रेखा जेवी निर्माण सेवाले १ करोड ५८ लाख ६० हजार ९ सय ५८ रुपैयाँमा ठेक्कामा लिएको छ ।
घोडाघोडी नगरपालिकाका निमित्त प्रमुख प्रसासकिय अधिकृत खगेन्द्र बहादुर सिंहले जनगुनासो आएपछी प्राविधिकको टोलीलाई अनुगमनमा पठाएको र प्राविधिकहरुलाई सडक मापदण्ड अनुसार भए नभएको बास्तविक रिर्पोट बुझाउन आफुले भनेको बताए । साथै सडक मापदण्ड बिपरित भए सुरुमा मापदण्ड अनुसार बनाउन पत्राचार गरिने यदी नमाने कानुन बमोजिम कारबाही गरिने सिंहले बताए ।
कमसल सडक निर्माण गरेको आरोप लागेका निर्माण सेवाका प्रवन्धक जनक शाहीलाई सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 14

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर