राउटे युवतीमाथि अश्लिल क्रियाकलाप गर्ने तीनजना विरुद्व किटानी जाहेरी दर्ता

अत्रिदेव खबर/२४ जेठ

काडमाडाैँ ।  राउटे समुदायका युवतीलाई होटलमा अश्लिल क्रियाकलाप गर्ने  तीनजना विरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा​ किटानी जाहेरी दर्ता भएको छ । मानव ओसारपसार, यौन दुर्व्यवहार र जवरजस्ती करणी उद्योगमा मुद्दा चलाउन किटानी जाहेरी परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयाे ।

राउटे समुदायका १९ र २३ वर्षकी युवतीलाई  प्रलोभनमा पारी मदिरा सेवन गराएर यौनजन्य दुव्र्यवहार गर्ने गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय बिनोद पुन विरुद्ध जाहेरी परेको हो । तीनैजनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरू गरिसकेको र उनिहरूले गल्तीसमेत स्वीकार गरिसकेका डिएसपी घर्तीकाले बताउनुभयाे ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 14

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर