गौरिगंगाका मेयरको सचिबालयले भन्यो ,’हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ‘

अत्रीदेव खबर /८ भदौ
कैलालीको गौरिगंगा नगरपालिकाको नगर प्रमुखको सचिबालयले केही राजनितिक दलले भदौ ५ मा जारी गरेको बिज्ञप्ति प्रती मंगलबार एक बिज्ञाप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पालिकाका मेयरको सचिबालयद्वारा जारी गरिएको बिग्यप्तिमा नगर सरकार बिगतदेखिनै जनताको सेवामा समर्पित रहदै आएको र नगरपालिकाले जनताले पालिकाबाट पाउने विभिन्न सेवालाइ कसरी ब्यवस्थित बनाउन सकिन्छ भनेर क्रीयाकलापहरु गर्दै आएको र जनताको सेवामा सदैब कृयाशिल रहेको भनिएको छ । नगरपालिका बाट गर्ने कुनैपनी काम सामुहिक काम भएकोले एक नगर प्रमुखलाइ दोस देखाएर बिज्ञाप्ति जारी गर्नु अल्पग्यानको संकेत भएको भनिएको छ ।

नेपालको संविधान अनुसार स्थानिय सरकार संचालन ऎन २०७४ ले दिएको अधिकार अनुसार नगरपालिकाले जनतालाई सेवा सुबिधा प्रदान गरिरहदा अपब्याख्या गरिनु दु:खद भएको बताइएको छ । सचिबालयले बिग्यप्ती मार्फत पालिका विरुद्ध बिग्यप्ती जारी गर्ने राजनितिक दललाइ नगरपालिकाको भलो चाहने भए उठान गरिएका बिसयहरुका बारेमा पालिकाबाट सत्य तथ्य बुझी प्रमाण सहित पेस गर्नुपर्ने तर त्यसो नगरी नगर प्रमुख र नगरपालिकाको चरित्र हत्या गर्ने कार्यको भत्सर्ना गरिएको छ ।
सचिबालयले यस्ता किसिमका झुट्टा भ्रमित तथा कपोकल्पित कुराहरुको भ्रममा नपर्न अनुरोध गरेको छ ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 14

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर