घटस्थापनाको उत्तम साइत ११ः४६ बजे, दशैंघरमा यसरी राखिन्छ जमरा

दशैं आयो
खाउँला पिउँला
कहाँबाट ल्याउँला, चोरी ल्याउँला
धत्त पापी म त छुट्टै बसौंला भन्दै औंला भाँच्दै बिताएको एक वर्षको प्रतिक्षा आज समाप्त भएको छ । दशैं घरघरमा आएको छ ।

आज घटस्थापना अर्थात् नवरात्रीको प्रथम दिन, विजयादशमीको स्वागतार्थ आज गरिने घटस्थापनाको शुभ साइत अहिले विहान ११ः४६ बजे परेको छ । जमरा अर्थात् जौको जीवन, जसलाई थोरै बालुवा मिसिएको माटोमा छरिन्छ अनि नवरात्रीभरिनै हरेक दिन पूजाअर्चना गरिन्छ ।

जमरा वास्तवमा जौको अङ्कुरण भएतापनि दशैंको जमरामा जौ लगायत धान, मकै र गहुँका पँहेला, हरिया अकुुंरित वालाहरू समावेश हुन्छ । आजबाट हरेक विहान देशका सम्पूर्ण नव दुर्गा भगवतिका शक्तिपिठहरुमा श्रद्धालुहरुको भिड हुन्छ ।

आजै काठमाडौंको बसन्तपुरस्थित दशैंघरमा र गोरखाको ऐतिहासिक कालिका मन्दिरमा रहेको दशैघर, भुटनदेवी हेटौँडा, रणउज्जेश्वरी पाल्पा, पूर्णचण्डी जावलाखेल, नवदुर्गा र ब्रह्मायणी भक्तपुर, काठमाडौँको मैतीदेवी, पशुपतिको झङ्केश्वरी, गुह्येश्वरीलगायतका शक्तिपीठमा पनि जमरा राख्ने तयारी भएको छ । लगायत देशभरका विभिन्न शक्तिपिठहरुमा विधिपूर्वक जमरा राख्ने चलन रहेको छ ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 14

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर