टिकापुरका बाढी पिडितलाई  राष्ट्रिय युवा संघ र अनेरास्ववियु द्वारा राहत वितरण

अत्रीदेव खबर /कार्तिक ५

टिकापुर : बाढिबाट प्रभावित कैलालीको दक्षिणी पुर्वी क्षेत्र टिकापुरका पिडितलाइ नेकपा एमालेको भातृ संगठन रास्ट्रीय युवा संघ र अनेरास्ववियुको टिमले राहत बितरण गरेका छन ।

टोलिले कैलालीको टिकपुर नगरपालिका ८ बनगाउमा १५० घरपरिवारलाई राहत उपलब्ध गराएको हो । बाढीले हुलाकी सडक कटान गरेपछि संगठनका नेता तथा कार्यकर्ता आफैले राहत सामग्री बोकेर गाउँ सम्म पुर्याएका थिए ।
लगातारको बर्षाले बाढि आइ कर्णाली नफि गाउँमा पसेको भन्ने खबर आफुहरु थाहा पाएपछी तत्काल प्रभावितहरुलाइ केही समस्या कम होस भन्ने हेतुले राहत बितरण गरेको रास्ट्रीय युवासंघ नेपालका स्थायी कमिटी सदस्य अरुण कुवरले बताउनुभयो ।

बाढी प्रभावित क्षेत्रमा स्वच्छ पिउने पानीको सबै भन्दा ठुलो समस्या रहेको र तत्कालका लागि आफुहरुको राहतले  घरबार विहीन भएकाहरू दुई दिन सम्म भोकै रहेकाहरुलाइ थोरै भएपनी राहत मिलेको अनेरास्ववियुका नेता मनोज राइले बताउनुभयो ।

अनेरास्ववियु र राष्ट्रिय युवा संघले उनीहरूलाई पिउने पानी, चाउचाउ, चिउरा, बिस्कुट र भुजा वितरण गरेको हो ।

‘विपद्को बेलामा सधैँ हामी अग्रपङ्क्तिमा हुन्छौं’ राष्ट्रिय युवा संघ कैलालीका अध्यक्ष गणेश महराले भन्नुभयो , ‘यस पटक पनि निकै समस्या भएका पीडितहरूलाई राहत उपलब्ध गरायौं ।’

गत आइतबार रातिबाट अविरल रूपमा परेको बेमौसमी वर्षाका कारण देशका विभिन्न ठाउँमा जनधनको क्षति भएको छ । कैलाली कञ्चनपुरमा बाढी र र पहाडी सात जिल्लामा पहिरोले ठुलो क्षति पुराएको छ ।

कैलालीमा सबै भन्दा धेरै टीकापुर, जानकी र भजनीमा बाढीले क्षति पुराएको छ । कर्णाली नदीको बहाव बढेर उक्त नदी बढी बस्तीमा पसेर कयौँ घरहरू डुबानमा परेका छन । घरहरू डुबानमा परी टिकापुर क्षेत्रमा धान खेत पनि नष्ट भएको छ भने किसान बिचल्लीमा परेका छन् ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 14

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर